एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १८ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्काल प्रयोगमा ल्याएर जनतालाई विशिष्टिकृत स्वास्थ्य सेवाहरु प्रदान गर्ने उद्देश्यले प्रयोग गरेर केहि गर्न नसकेको मनिपालको भौतीक संरचनालाई त्यतीकै लथालिङ्ग पार्दै १८ विघ्घामा गिट्टि, बालुवा र सिमेन्टको काम गरि माल कमाउने दाउमा सरकार र प्रतिष्ठान अगाडि बढेका छन् ।
विघ्घौमा रहेको मनिमण्डप छेउको मनिपालको भवन र संरचना २०७८ साल तिर आफनो मातहतमा लिएर कोभिडको अस्थाई अस्पताल हुदै बिशिष्टिकृत अस्पतालको रुपमा सञ्चालनमा ल्याएर पनि कुनै सेवा प्रवाह गर्न नसकेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अव स्वास्थ्य क्षेत्रको सुधार र सेवा प्रवाह भन्दा पनि १८ विघ्घामा भवन बनाउन तिर उद्दत भएका छन् ।

जनकपुरधाम–१४ स्थित मणिमण्डप पछाडि रहेको गुठीको १८ बिघाभन्दा बढी जग्गामा निर्माण हुन लागेको यो भवन प्रतिष्ठानका लागि महत्वपूर्ण संरचना हुने मुख्यमन्त्री देखि प्रतिष्ठानका अगुवाहरु बताईरहँदा स्थानियहरु टिप्पनी गर्दै थिए, ‘हँ हँ आव डाक्टर सब बनेतै पक्काके भवन, आ जनता करतै गित श्रवण, एकरासभके अहिमे मने लगै हैब ।’
भनेको १८ विघ्घामा निर्माण हुन लागेको सो गिट्टि बालुवाको काममा मज्जाको कमाई गर्न लालायितहरुको भिडमाथी स्थानियहरुले व्यङ्ग प्रहार गरिरहेका थिए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवका अनुसार प्रतिष्ठानको शैक्षिक भवनसहित अत्याधुनिक कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना छ । उनले भवन निर्माणपछि शैक्षिक गतिविधिमा सुधार आउने विश्वास व्यक्त गरे । साथै, अस्पतालको सेवासुविधा विस्तार हुने र यसले मधेश प्रदेशका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने धारणा राखे ।

मिडियाहरुमा आएको यादवको भनाई सुन्दा बिना भवन बनाएर तत्कालिन संरचनामा स्वास्थ्य सेवा राम्रो हुन सक्दैन भन्ने प्र्रष्ट गर्दछ । यस्ले पनि भवन बनाउने विकास गर्न पहुँचवालाहरुलाई यहाँ सम्म कि हिजोका डाक्टरहरुलाई समेत कति सम्म मन लाग्छ भन्ने कुरा स्पष्ट हुन्छ । भवनको निर्माणका लागि गुठीको जग्गा चयन गरिएको छ । यसले केही स्थानीयबासीहरूमा चिन्ता उत्पन्न गराएको छ । स्थानीयहरूले उक्त जग्गाबाट बाटो सञ्चालन हुँदै आएको भन्दै भवन निर्माणसँगै बाटो बन्द हुने आशंका व्यक्त गरे ।
स्थानियवासी तथा बुद्विजिवीहरु देश आर्थिक मन्दीमा रहेकावेला मनिपालकै तत्कालिन संरचनालाई सदुपयोग गरि उत्कृष्ट स्वास्थ्य शिक्षा र सेवा किन प्रदान गर्न सकिदैन ? प्रश्न गर्दै मधेशमा नेता र पहुँचमा जाने बुद्विजिवीहरु सबै गिट्टी र बालुवाको विकासन्मोख हुन थालेको बताउछन् । भवन सम्पन्न भएपछि यस प्रतिष्ठानमा विभिन्न चिकित्सा तथा स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन कार्यक्रम सञ्चालन गरिने बताइएको छ । मुख्यमन्त्री सिंहले समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका थिए ।