एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : भारतको उडिशा राज्यको राजधानी भुवनेश्वर स्थित किट युनिर्भसिटीमा अध्यन्नरत नेपाली विद्यार्थीहरु धमाधम घर फर्किन थालेका छन् । सो बिश्वविद्यालयका प्रशासन, बाउन्सर र भुवनेश्वरका स्थानिय माफियाहरु आफुहरुलाई आंतकवादी जस्तो व्यवहार गरेको बताउदै उनीहरु अव त्यहाँ पढन जान नसकिने बताउदै जनकपुरधामका विद्यार्थीहरु संर्घषमा उत्रने बताएका छन् ।
भारत उडिसाको भुवनेश्वर स्थित किट युनिर्भसिटीमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली छात्रहरु माथी भएको अनावश्यक कुटपिट र यातनाको घटना पछि असुरक्षित महशुस गर्दै नेपाली विद्यार्थीहरु स्वदेश फर्केका छन् । यसै क्रममा धनुषाको जटही नाका हुदै गएराती १२ बजे जनकपुरधाम र सप्तरीका गरि करिव एक दर्जन विद्यार्थी घर फर्किएका छन् ।
जनकपुरधाममा एकदमै भयभित देखिएका सो युनिर्भसिटीका तेस्रो वर्षमा अध्यन्नरत विद्यार्थीहरु अव त्यहाँ आफुहरु पढन जाने र गएपनि सुरक्षित रहने वातावरण आफुहरुले नदेखेको चिन्ता जताएका छन् । घर फर्केका विद्यार्थीहरु समाजिक सञ्जालमा देखिने भिडियोहरु केहि नरहेको बताउदै आफुहरुलाई त नेपालीहरुको जष्टिश भनेकै कुटाई हो भन्दै कोठामा थुनेर कुटेको भिडियोहरु आउन नसकेको बिश्वविद्यालयमा अध्यन्नरत जनकपुरधाम निवासी छात्र अवनिश पाण्डेले बताए ।
उनीहरुले आफनो शरिरमा कुटाईबाट उत्पन्न घाउ र डामहरु देखाउदै स्थानिय गुण्डाहरुलाइ समेत बोलाएर आफुहरुलाई कुटिएको बताए । छात्रहरु आजै जनकपुरधाममा विरोध ¥याली र साँझ जानकी मन्दिर प्राङ्गणमा मृत्क नेपाली चेलीको श्रद्धाञ्जलीमा दिप प्रज्वलन गर्ने तयारी गरेका छन् । आफुहरुले घटना प्रत्यक्ष हेरेको, झुन्डिएकी प्रकृती लम्साललाई फोटो खिच्नु पर्ने भन्दै धेरै बेर सम्म झुन्डिएकै अवस्थामा राखिएकाले मृत्यु भएको नभए बचाउन सकिन्थ्यो बिश्वविद्यालयमा अध्यन्नरत जनकपुरधाम निवासी छात्र वेदानन्द मण्डलले दावी गरेका छन् ।
उनीहरुले दुई देश बिच डिप्लोमेटिक वार्ता भएर भरपर्दो सम्झौता र सुरक्षाको प्रत्याभुति नभए सम्म आफुहरु फर्किन नसक्ने र देशमै संर्घष गर्ने बताए । युनिर्भसिटीको पक्षमा कमिशनका लागि नेपाल स्थित धेरै एजेन्ट संस्थाहरु बोलिरहेको प्रति आपत्ती जनाउदै छात्रहरुले त्यसो नर्गन चेतावनी दिएका छन् । धनुषाको जटही नाका हुदै जनकपुरधाम आउनेहरुमा सोहि बिश्वविद्यालयमा अध्यन्नरत अवनिश र वेदानन्द सहित जनकपुरधामका विवेक ठाकुर, शौरव साह, सुरज मण्डल र रुपनी सप्तरीका उज्जवल यादव रहेका छन् ।
बिरगंज नाकाबाट आए विद्यार्थी

उता भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरी निकालिएका नेपाली विद्यार्थीहरू आज नेपाल आइपुगेका छन् । सोमबार राति भुवनेश्वरबाट हिँडेका करीब ३ सय विद्यार्थीहरूमा पहिलो समूह बुधबार बिहान वीरगञ्ज नाका पुगेर घर फर्किएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार ९५ जना विद्यार्थी वीरगञ्ज आइपुगेका छन् र अहिलेसम्म ७६ जना छात्र र १९ जना छात्रा नेपाल फर्किएका छन् । सबैभन्दा बढी विद्यार्थी पर्सा, बारा, रौतहट र मकवानपुर जिल्लाका हुन् ।