एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले हामि मधेशी राजनीति गर्न नजानेकै कारण शासित बनेर बस्न बाध्य भएको बताएका छन् । जनकपुरधाममा विद्यार्थी जनमत संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा कुनै पनि एक्सक्युज हुन नहुने बताए ।
हामि नयाँ थियौं, पैसा थिएन, अभ्यास हुन सकेन, यो भएन त्यो भएन भनेर राजनीति हुन सक्ने र सधै पछाडि मात्र पर्ने उनको तर्क थियो । उनले भने, ‘जित चाहे एक मतको होस हजार एक लाख मतको जित जित हो र हार हार, त्यसैले कुनै पनि हालतमा जित्ने गरि लागौं ।’

राजनीतिबाट कोहि टाढा भाग्न नसक्ने बताउदै उनले भान्सा घर देखि हातको मोबाइल र मोबाइलका एप्सहरु पनि राजनीतिबाटै प्रभावित हुने÷गर्ने भएकाले अव हरेक मधेशका युवा विद्यार्थी वास्तिवक राजनीतिक चाल बुझन जरुरी रहेको बताए । जो चलाख थिए र छ अझै शासनमा छ, हामि भएनौं र त शासित छौं, उनले थपे ।

उनले अव भित्री र दिमागबाट राजनीति गर्नुपर्ने समय आएकाले पार्टटाइम शान र नामको लागि राजनीति गरेर नहुने कुरा बुझन आवश्यक रहेको विद्यार्थीहरुलाई सुझाए । विद्यार्थीहरुले देश र मधेशको हरेक गतिविधी विभिन्न माध्यमहरुबाट बुझन पर्ने र अपडेट रहनु पर्ने उनको धारणा थियो । सो अवसरमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह, नेता महेश यादव, चन्दन सिंह, संजय यादव, पोषण यादव, सुरेन्द्र मण्डल सहित विद्यार्थी नेताहरुको उपस्थिती थियो ।