एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : मधेशवादको बृजारोपण गर्ने पहिलो मधेश अभियन्ता स्व.गजेन्द्र नारायण सिंहको कारण देशको केन्द्रिय राजधानी काठमाण्डौंमा मधेशको दुर्लभ सहभागिता सम्भव भएको छ । गजेन्द्र नारायण सिंह अध्यन्न केन्द्रको आयोजनामा भएको गजेन्द्र बाबुको २४ औं पुण्यतिथिमा आयोजित ‘गजेन्द्र बाबुके चिन्तन और मधेशकी भावी कार्यदिशा’ विषयक विचार विर्मश कार्यक्रममा उपेन्द्र यादव, राजेन्द्र महतो, डा. सिके राउत, वृशेषचन्द्र लाल, रेणु यादव, ह्ृदयश त्रिपाठी सहित सबै एकै मञ्चमा देखिएका छन् ।
वर्तमान राजनितिक अवस्था, देशको दुई मुख्य ठुला दल कांग्रेस र एमालेको दुर्लभ मिलनबाट उत्पन्न भएको भयबाट उत्पन्न भएको परिस्थिी भित्रि कारण भएपनि पुण्यतिथिनै किन नहोस गजेन्द्र बाबु प्रति देखिएको यि नेताहरुको सदासयतालाई तत्कालै सराहना गर्नै पर्दछ । सो अवसरमा नेता ह्ृदयश त्रिपाठीले भने, ‘हाम्रो कमि यहि हो कि हामि विवेकले होइन भयले एक हुन्छौं र पछि वितरण हुन्छौं ।’ उनले पार्टी एकता र सबैजना एकै ठाँउमा उभिन असम्भव रहेको सावित भइसकेकाले तत्काल ‘लुज अलायन्स’ गरेर अगाडि बढन र नियत ठिक देखिए पछि एकताका लागि अग्रसर हुन प्रस्ताव गरे । मधेशवादी दलका नेताहरूले ‘मधेशवाद’ का प्रवद्र्धक स्व.गजेन्द्रनारायण सिंहलाई उनको २४ औं स्मृति दिवसमा स्मरण गरेका छन् । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले उनको स्मृति दिवसमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेताहरूले दूरदर्शी र परिवर्तन चाहने नेताका रूपमा स्मरण गरेका छन् ।

नेपाल सदभावना पार्टीमा सिंहसँग लामो समय व्यतित गरेका नेता राजेन्द्र महतोले सिंहले दिएको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । ‘जतिबेला मधेशीले पनि आफूलाई मधेशी भन्न हिच्किचाउँथे, त्यतिबेला मधेशमा मधेशवादको प्रवेश गराउन सजिलो थिएन,’ उनले भने, ‘काठमाडौंले त स्विकारेकै थिएन । मधेशमा पनि गाह्रो थियो । त्यस्तो प्रतिकूल स्थितिमा गजेन्द्रबाबुले मधेशवादको विचारलाई स्थापित गर्नुभयो ।’
राज्यबाट उत्पीडनमा रहेकाहरू त्यहीबेला मिल्नुपर्ने विचार राखेर जनजाति आन्दोलनसँग उनले सहकार्य गर्ने प्रयास गरेको महतोले स्मरण गराए । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष रहेका महतोले अधिकार प्राप्ति एक्लाएक्लै लडेर सम्भव नरहेको भन्दै उनले अधिकारवादी र पहिचानवादीबीच बृहत् मोर्चा बनाउनुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिंह क्रान्तिकारी स्वभावका नेता रहेको बताए । ‘उहाँ प्रजातान्त्रिक योद्धा र क्रान्तिकारी नेता हुनुहुन्थ्यो,’ उनले सम्झिए ‘जनमत संग्रहमा बहुदलको पक्षमा हामीसँगै थियौं ।’ विभिन्न आन्दोलनले देशमा धेरै परिवर्तनहरू आए पनि पृथ्वीनारायण शाहको पालादेखि नै कायम रहेको खस आर्यको सत्तामा प्रभुत्वमा कुनै परिवर्तन आउन नसकेको बताए ।
कार्यकारी निकाय, सेना र न्यायमा एउटै समुदायको बर्चस्व, उनीहरूकै भाषाको प्रभुत्व र ब्राम्हणवादी सोचमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । यही नियतिलाई स्विकारेर जानसक्ने कि संघर्षमा जाने आफूहरूका अगाडि दुईवटा बाटा रहेको उनले उल्लेख गरे । केन्द्रका अध्यक्ष अनिल कुमार महासेठले आफुले यस्तो सहभागिता सम्भव हुने सम्भावना कम देखेपनि नेतृत्वहरुले देखाएको सदभावका लागि धन्यवाद दिदै छलफलमा उठेका विषयले निरन्तरता पाए आजको कार्यक्रम सार्थक हुने बताए ।
