एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २६ : सोमवार निजी विद्यालय र कलेजका सञ्चालकहरु आक्रोसित थिए । जनकपुरधामको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरु जनकपुरधामका मेयर मनोज कुमार साह कति सम्म लाचार र दबाबका कारण मजबुर छन भन्ने कुराको आरोप लगाए ।
एउटै विषयमा दबाब आएको भन्दै दुई मितिमा फरक फरक निर्णय गरि आफुहरुलाई पत्राचार गरेको र भर्ना भइसकेर, हिसाव र अडिट समेत भइसकेको अवस्थामा गत दुई आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को पैसा फिर्ता गर्न भन्ने पछि उनीहरु आन्दोलनको धम्की समेत दिएका छन् ।
हेर्नोस उपमहानगरपालिकाले छात्रवृती सम्बन्धमा गरेको दुई पत्रचार
माथिल्लो फरक फरक मितिमा फरक फरक कलेजलाई गरिएको पत्राचार अनुसार निजी कलेजहरुले दुई वटा शेसनमा छात्रवृतीमा भर्ना भएका विद्यार्थीहरुलाई अतिरिक्त रकम फिर्ता गर्नुपर्ने हुन्छ जो अव असम्भव रहेको उनीहरुको दावी छ । हिसान, प्यावसन र एनप्याबसन मिलेर गरेको पत्रकार सम्मेलनमा सञ्चालकहरुले आफुहरु यस्तो गर्न असमर्थ रहेको र जबरजस्ती गरिए सम्पुर्ण विद्यालय र कलेज बन्द गरेर सडमा आउने चेतावनी दिएका छन् ।
केहि सञ्चालकहरु कानेखुसी गर्दै थिए, ‘मेयर मनोज कुमार साह अति व्यवहारिक भइदिए कि व्यवहारकै आधारमा सबैको सुनेर कार्यपालिका चलाउन खोज्ने गरेकाले, दबाब, प्रभाव र मजबुर हुदैछन् ।’ नभए आफैले गरेको निर्णयलाई किन उल्टाउथ्यो ? उनीहरुको प्रश्न छ । दिन रात टोकेर हैरान पार्ने मच्छर हेर्न नसक्ने मेयरले अदृश्य शिक्षा जस्तो गम्भिर विषय कहाँ बाट बुझोस एकजना सञ्चालकले थपे । शिक्षाउनीहरुले सर्वदलिय सहमती गरेर नयाँ कार्यविधी बनाएर आफुहरुलाई पत्राचार गर्न मांग गर्दै त्यसपछि आफुहरु नयाँ भर्ना वर्ष देखि त्यसलाई लागु गर्न तयार रहेको बताउछन् ।
मोडले मल्टिपल कलेजका सञ्चालक विरेन्द्र साहले भने, ‘कुनै पनि कलेजले ११ मा भर्ना शुल्क लिइसकेपछि १२ मा लिएको छैन’ । हरेक विद्यार्थीले कुनै न कुनै माध्यमले सम्पुर्ण शुल्कमा दश देखि २०÷३० हजार सम्म छुट गराई छाडने गरेको तर्क गर्दै उनीहरु अनि भर्ना शुल्क कसरी भयो ? प्रश्न गरे । उनीहरुले नेविसंघको अभियान काठमाण्डौं, विराटनगर, धरान नभएर जनकपुरधाममा मात्र किन ? भन्ने प्रश्न ते¥साए । यसपालि जनकपुरधामको केहि बाहेक अधिकांश विद्यार्थी जनकपुरधाममै भर्ना भएपछि जनकपुरधाम बाहिर खास गरि काठमाण्डौंका कलेजहरुले यस्तो षडयन्त्र गरेको उनीहरुको दावी छ ।
कार्यविधीमै पनि छ त्रुटी
उपमहानगरले कलेजलाई गरेको पत्राचारमा उल्लेखित २०७४ को विद्यालय छात्रवृती वितरण कार्यविधीको अनुच्छेद २.४ मा छात्रवृतीलाई एक किशिमले परिभाषित गरिएको छ भने सोहि कार्यविधीको अनुच्छेद ५.३ (छात्रवृतीमा विद्यार्थी छनौट गर्ने प्रक्रिया) को बुँदा नं. ङ मा यसरी सिफारिस भएको विद्यार्थीहरुको भर्ना शुल्क मासिक शिक्षण शुल्क र परिक्षा लिन पाइने छैन भनेर मात्र उल्लेख छ । यस्को अर्थ त्यस बाहेकका शुल्क विद्यालयले लिन पाउने दर्शाउँछ । हेर्नोस तल्लो तस्वीर
हिसानका धनुषा जिल्ला अध्यक्ष संजिव ठाकुर, एन प्यावसनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुर र प्यावसनका नगर अध्यक्ष रविन्द्र चौधरीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन । उनीहरुले एकै स्वरमा भने, ‘निजी विद्यालय र कलेज जनकपुरधामबाट हटाइदिनोस अनि जनकपुरधामको कल्पना गर्नोस कस्तो रहन्छ जनकपुर ?’
हेर्नोस उनीहरुको विज्ञप्ती