एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २२ : छठ पर्व मिथिलाञ्चल सहित तराई मधेशमा विशेष महत्वका साथ मनाइन्छ । शुद्धतामा विशेष ध्यान दिइने यो पर्व पछिल्लो समय काठमाण्डू उपत्यका र अन्य पहाडी तथा हिमाली क्षेत्रमा समेत मनाउन थालिएको छ । ३६ घण्टा सम्म पानि समते नखाएर व्रत बस्ने यस पर्वमा अस्ताउदो र उदाँउदो सुर्य देवतालाई अघ्र्य दिइन्छ भने छठी माताको पुजा आराधना गरिन्छ । आउनोस जानौं छठको महत्व ।
शक्तिको स्वरूप मानिने सुर्य देवताको पूजा गरि मनाइने महत्वपूर्ण पर्व छठको पनि विशेष महत्व र महिमा रहेको छ । सुर्यको पुजा गरि मनाइने पर्वहरु मध्ये छठ महत्वपुर्ण मानिन्छ । सूर्य उपासनाको यो मात्र एउटा यस्तो पर्व हो जस्मा उदाउदो मात्र होइन अस्ताउदो सुर्यलाई समेत पुजा आराधना गरिन्छ । यो पर्व चार दिन सम्म मनाइन्छ । पहिलो दिन अर्थात चतुर्थीको दिनलाई ‘अरवा–अरबाइन’ वा नहाए खाए भनिन्छ । यस दिन व्रतीहरु सर्व प्रथम स्नान गरि भोजनमा माछामासु, लसुन, पियाज, कोदो, मसुरी सहितका वस्तु परित्याग गरि सुद्व र पवित्र भोजन गरि व्रतको सुरुवात गर्ने गर्छिन ।
दोस्रो दिनको विधिलाई खरना भनिन्छ । यस दिन व्रतीहरु विहानै देखि निर्जला व्रत बसी साँझ गाईको गोबरले लिपपोत गरि अरबा चामलको पिठोको घोलले भूमि सुशोभित गरिन्छ । अनि चन्द्र दर्शनपछि माटोको नयाँ चुल्हो र भाँडावर्तनमा सख्खर, दूध र चामलको खिर बनाएर केराको पातमा राखि छठि मातालाई चढाइन्छ । यसपछि व्रती र परिवारका सदस्यहरु खिर प्रसादको रूपमा ग्रहण गर्ने गर्छन । अनि सुरु हुन्छ व्रतीहरुको ३६ घण्टाको कठोर उपवास । कात्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म चारदिवसीय रुपमा मनाइने यु पर्वमा व्रतीहरु ३६ घण्टा सम्म निर्जल उपवास बस्नु पर्दछ ।
यस पर्वको महत्वपूर्ण तेस्रो दिन अर्थात षष्ठी तिथि हो । यस दिन प्रसादका रुपमा बनाइएको ठकुवा, भुस्वा, पुरी कचवनिया र फलफुल सहितका प्रसाद समाग्रीहरु लिएर पोखरी घाट पुरयाइन्छ । प्रसादहरुमा नरिवल, टापनिम्बु, स्याउ, उँखु, मुला, बेसारको झार, अदुवा, सकरकन्दसहितका विभिन्न स्थानिय कृषि उत्पादनहरुसमेत प्रसाद समाग्रीको रुपमा चढाइने भएकाले यसलाई कृषिको पुजाको रुपमा समेत लिइने विद्वान डा. राजेन्द्र प्रसाद विमलको तर्क छ । वहाँका अनुसार दिपावलीमा घरको सरसफाई र वर्षातमा हिलाम्य भई फोहर भएर प्रयोग विहिन अवस्थामा रहने पोखरी जलाशय र नदीको सफाई यस पर्वमा भएर पर्यावरण संरक्षणको काम पनि यस पर्वले गरेको छ ।
चिसोको आगमण संगै कार्तिक मसिंर महिनामा हुने यस पर्वमा मधेश र मिथिलाको स्थानिय खेत र करेसाबारीमा उत्पादन हुने मुला, आदी, सुथनी, बेसार, नरिवल, केला, तरकारी जन्य उत्पादन पनि चढाएर प्रसादको रुपमा ग्रहण गर्ने गरिएकाले शरिरलाई जाडोबाट रक्षा हुने विधी पुर्खाहरुले छठ पुजाको रुपमा अगाडि बढाएको डा. विमलले बताए । परम्पराकृषिजन्य उत्पादनहरु सुर्यदेवतालाई चढाउदै धन्यवाद दिने र पुनः सफल कृषि उत्पादनको कामना समेत यस पर्वमा हुने गरेको छ । सम्पुर्ण समाग्री सहित पोखरी र सरोबर घाट पुगेका ब्रतालुहरु साँझ दिप, धुप, अगरपती प्रज्वलीत गरि सुर्य देवता र छठिमाताको पुजा आराधना गरि राती पोखरी घाटमै जाग्राम बस्ने गर्दछन् ।
स्थानिय रुपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखि जम्मा भएका ब्रतालुहरुले जलाशयको दृश्य मनमोहक बनाइएको हुन्छ । अस्ताउदो सुर्यलाई अघ्र्य दिदा व्रतीहरु दुवै हातमा चालमको घोल र सिन्दुर लगाएर अक्षत र फुल सहित पालैपालो अर्घ सामग्री सूर्यदेवता समक्ष अर्पण गरिन्छ ।
आज राति भक्तजनहरु जलाशय घाटमै प्रसादको सुरक्षाका लागि छठि माता पूजाको गीत र सांस्कृतीक कार्यक्रम गरि जाग्राम बस्ने गर्दछ । पर्वको चौथो तथा अन्तिम दिनलाई पारन भनिन्छ । यस दिन व्रतीहरु विहान सुर्य उदाउने वितिकै जलाशयमा स्नान गरि उदाएको सुर्यदेवतालाई अघ्र्य दिएपछि छठ विधिवत रूपमा सम्पन्न हुन्छ । सुर्यको उपयोगी किरणको अभाववाट हुने कुष्ठरोग सहितवाट रोग ब्याधीवाट मुतmीका लागि समेत यो पर्व विशेष महत्व राख्दछ ।
व्यावहारिक रूपमा बहुतै कठिन पूजा मानिने छठि पूजाको सुरुवात पाटलीपुत्र र्वतमान भारतको पटना भने स्थानवाट मगध राजाको शासनकाल १३०० देखि १५०० बिसीमा भएको मानिन्छ । विशेष गरि भारतको विहार तथा नेपालको तराई मधेशमा मनाइने यो पर्व पहाड र हिमालमा समेत विस्तार हुदैछ । यस पर्वको सुरुवातको विषयमा विभिन्न किम्वदन्तीहरु समेत रहेको छ । सूर्य पुराणमा कात्तिक शुक्ल षष्ठीका दिन सर्वप्रथम अत्रिमुनिक पत्नी सती अनुसुया समृद्धि र दाम्पत्य प्रेमप्रति श्रद्धा प्रकट गर्न षष्ठी व्रत बसेकी थिइन ।
अर्को धार्मिक मान्यताअनुसार द्वापर युगमा पाण्डवहरु अज्ञातवासमा रहदा द्रोपदी अज्ञातवासको सफलताका लागि सूर्यदेवको आराधना गर्दै षष्ठी व्रत गरेकी बताइन्छ । त्यही ‘षष्ठी’ शब्द रुपान्तरण हुदै छठी, छठ, छइठ भएको बताइन्छ । यो पर्व विशेष गरि महिलाहरुले मनाएपनि पुरुषको भूमिका पनि महत्वपूर्ण र सहयोगीको रुपमा देखिन्छ । सरसमान र प्रसाद समाग्रीहरु पुरुषले बोक्ने र पोखरी सम्म पुरयाउने गरेकाले यसले परिवारमा स्नेह बढने विश्वास गरिन्छ । यस पर्वमा प्रयोग हुने सम्पुर्ण समाग्रीहरु नयाँ हुनु पर्दछ ।
प्रकृतीको पञ्च तत्व जल, जमिन, बायु, सुर्य, र पृथ्वीको मुख्य पुजा र प्रयोग हुने यो पर्व वर्षमा दुइपटक गर्मीमा अर्थात चैतमा मनाइने छठलाई चैती छठ र जाडोमा मनाइने छठलाई कातिक छठि भनिन्छ । कार्तिकमा मनाइने छठि चैतमा मनाइने छठ भन्दा लोकप्रिय मानिन्छ । विना भेदभाव सवै जाति र समुदाय पोखरि, नदी र जलाशयको घाटमा जम्मा भई संगसंगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम सावित भएको छ ।