एसपी रिपोर्टर
जनकपुरधाम, असोज २६ :
धनुषाको रघुनाथपुरमा धार्मिक सम्पदाहरुको संरक्षणका लागि सर्वदलिय सर्वपक्षिय एक संरक्षण समिति गठनको गठन भएको छ । स्थानिय रघुनाथपुर चौकमा रहेको एतिहाँसिक बाबा हरिहरनाथ महादेव मन्दिर, श्री लक्ष्मी मन्दिर डिहबार बाबा मन्दिर साथै धर्मशाला र बजारहरुको संरक्षण र व्यवस्थापनका लागि श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिको गठन भएको हो ।

युवा विरेन्द्र महतोको अध्यक्षतामा सबै राजनितिक दलका प्रतिनिधीहरु समेतको सहभागिता रहेको समिति गठन भई धनुषा जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता समेत भएको छ । शनिवार एक समारोहका बिच समितिको धनुषा जिल्ला प्रशासन कार्यालयका निम्ति प्रजिअ निरज श्रीवास्तवले समुदघाटन गरेका छन् ।

हेर्नोस भिडियोमा

https://www.facebook.com/spkhabarnepal/videos/2318510368494684

साथै सो अवसरमा परिचयात्मक कार्यक्रम र शुभकामना आदान प्रदान समेत गरिएको छ । गाँउका राजनितिक दलका प्रतिनिधीहरु, विभिन्न टोलका अगुवाहरु सहित भद्रभलादमीहरुको उपस्थितीमा भएको कार्यक्रममा समितिलाई शुभकामना सहित सुझावहरु दिइएको छ । समितिले धार्मिक सम्पदाको संरक्षण मात्र नभई यहाँ हुने धार्मिक मेला उत्सव, चौक बजार, प्राकृतीक स्रोत साधन तथा सम्पतीको संरक्षण शिक्षा र स्वास्थ्यका साथै समाज सुधारका विभिन्न अभियान र गतिविधी सञ्चालन गर्ने महासचिव विनोद कुमार पालले बताए ।

साथै आजै भएको लक्ष्मीपुजा एवं मेला सन्दर्भको प्रारम्भिक छलफलमा यस वर्षको लक्ष्मी पुजा धुमधामका साथ मनाउन पुर्णिमाका दिन हुने ध्वजा स्थापना र भब्य कलश यात्रा सफल बनाउन सबैमा अपिल गरिएको छ ।