एसपी रिपोर्टर
जनकपुरधाम, साउन १९ : नेपाली कांग्रेसका नेता पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले वर्तमान सरकार निर्माणको आधार दलहरु बिच मात्र नभई संसदमै पनि दर्ता भएकाले टिक्छ कि टिक्दैन भन्ने कुरामा शंका नर्गन आग्रह गरेका छन् ।
जनकपुरधाममा श्री राम युवा कमिटिको नवनिर्वाचित १६ औं कार्यसमितिको सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य समेत रहेका नेता निधीले भने, ‘देशमा अरु अरु बेला सरकार निर्माण हुँदा दलहरु बिच मात्र सहमती र सम्झौता हुन्थ्यो, यसपटकको सात बुँदे सम्झौता प्रधानमन्त्री आफैले संसदमा बोलेर रेर्कड गराउनुभएकाले यो सरकार पुरा कार्यकाल टिक्छ भन्नेमा ढुक्क होउँ ।’
उनले आफना नेता कार्यक्रता सहित एमालेका नेता कार्यक्रतालाई पनि संकेत गर्दै कांग्रेस र एमालेको यो सरकार २०८४ सम्म टिक्ने दावी सहित देश, मधेश र जनकपुरधामको विकासका लागि एक भएर साँझा धारणा तय गर्न आग्रह समेत गरेका छन् ।

उनले कलयुगमा मात्र होइन नेपाल र मिथिलाको धार्मिक महत्व र तथ्य सत्तयुग, त्रेतायुग र द्वापरयुगका पनि विभिन्न धार्मिक परिवेश र तथ्यमा समेत वर्णन गरिएको भन्दै आफनो विशेषता र महत्वको चर्चा र उठान नेपाली आफैले गर्न नसकेकाले धार्मिक विशेषता र महत्व अरु देश भन्दा घटदै गएको बताए । म कर्णालीको विभिन्न दुर्गम जिल्लाहरुको भ्रमण गरे, निधीले भने, ‘त्याहाँका स्थानियहरु आफना सभ्यता र मिथिला सभ्यताको सम्बन्ध दर्शाउदै मुद्दा बनाएर उठान गर्न तत्परता देखाएको सुन्दा मलाई खुसी लाग्यो ।’ निधीले श्री राम युवा कमिटिका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए भने निर्वाचन अधिकृत निर्मल चौधरीले सपथ ग्रहण गराएका छन् ।

सो अवसरमा नेपाली कांग्रेस मधेशका उपसभापति प्रदेश सांसद विरेन्द्र प्रसाद सिंह, जनकपुरधामका प्रमुख मनोज कुमार साह, मठिहानीका नगर प्रमुख हरि प्रसाद मण्डल सहितकाले सम्बोधन गर्दै श्री राम युवा कमिटिको नवनिर्वाचित सरोज कुमार साह नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना र निवर्तमान भएको परमेश्वर साह नेतृत्वको कार्यसमितिलाई उत्कृष्ट कार्यकाल चलाएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।