एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११ :
जनकपुरधाम उद्योग वाणिज्य संघको नवनीर्मित भवनको उदघाटन गरिएको छ । ४ तल्ले भवनको निर्माणको लक्ष्य लिइएपनि तत्काल ३ तल्ले भवनको उदघाटन गरिएको हो । सो नवनीर्मित भवनको उदघाटन मधेसका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रामसरोज यादव, पूर्व प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री शैलेन्द्र प्रसाद साह र जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले छुट्टछुट्टै तल्लाको उदघाटन गरेका हुन् ।
यादव र साह मधेसको मन्त्री रहेको समयमा प्रदेश सरकारबाट कुल ६५ लाख र उपमहानगरबाट २५ लाख रुपैयाँको आर्थिक सहयोग गरिएको थियो । बाँकी ६० लाख रुपैयाँ संघ आफैले ब्यहोरेको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
आउने दिनमा बाँकी रहेको तल्लाको निर्माण समेत चाँडै सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।