एसपी रिपोर्टर
जनकपुरधाम, साउन ४ :
महावीर युवा कमिटीका पूर्व अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका ५का पूर्व वडाध्यक्ष मनोजकुमार साहको सम्झनामा महावीर युवा कमिटीले प्रत्येक वर्ष विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने घोषणा गरेको छ । पूर्व अध्यक्ष साहको पूण्य तिथिको अवसरमा कमिटीले छात्रवृति प्रत्येक वर्ष प्रदान गर्ने घोषणा गरेको हो । पूर्व अध्यक्ष साहको स्मरणमा प्रत्येक वर्ष कक्षा ११ वा १२का दुई जना दलित, विपन्न वा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने निर्णय गरेको अध्यक्ष अजय गुप्ताले जानकारी दिए ।
यस अघि पूर्व अध्यक्ष साहको पूण्य तिथिको अवसरमा कमिटीले श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो । श्रद्धाञ्जली सभामा उनले समाजमा पुर्याएका योगदानको विषयमा चर्चा गरेका थिए । उनले महावीर युवा कमिटीलाई आर्थिक रुपमा सबल बनाउनका लागि पुर्याएका योगदान संगै समाजमा पुरयाएको योगदानलाई लिएर कमिटीले आयोजना गरेको श्रद्धाञ्जलीसभामा वक्ताहरुले प्रशंसा गरेका थिए ।