एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ : मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्री परिषदमा हेरफेर गरेको छ । मंगलवार मुख्यमन्त्री यादवले चौथो पटक बिश्वासको मत लिने क्रममा आफुले रोजेको मन्त्रालय पाउनुपर्ने अडान लिएको माओवादीलाई थप एक मन्त्रालय सहित माओवादीका दुई र नेकपा एसका एक गरि तिन मन्त्री र एमालेका एक राज्य मन्त्री नियुक्त गरेका छन् ।
माओवादी संसदिय दलको नेता भरत साहलाई बिना बिभागिय मन्त्रीमा र यस अघि माओवादी संगै रहेको उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवको ठाँउमा युवराज भट्टराईलाई नयाँ मन्त्री नियुक्त गरिएको छ भने नेकपा एसकी बेचि लुंगेलीलाई बिना बिभागिय मन्त्री बनाइएको छ । साहले अर्थ वा भौतीक पुर्वाधारमा दावी गरेपछि कुरा नमिलेकाले तत्काल बिना बिभागिय बनाइएको छ ।
उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाइन भने एमालेबाट गृह, सञ्चार तथा कानुन राज्यमन्त्री बनेकी शारदा देवी थापालाई मुख्यमन्त्री यादवले सपथ ग्रहन गराएका छन् । बिश्वासको मत दिने क्रममा संघिय सरकारका नेतृत्वकर्ता माओवादीका नेताहरु असन्तुष्ट बनेपछि मुख्यमन्त्रीलाई हम्मे परेको थियो ।
स्रोतका अनुसार पछि प्रधानमन्त्री प्रचण्डको समन्वयमा रोजेको मन्त्रालय दिने सहमती भएपछि माओवादीले मुख्यमन्त्रीलाई बिश्वासको मत दिन सहमत भएको थियो । त्यसो नभए आफै मुख्यमन्त्री बन्न पहलकदमी लिने माओवादीको रणनिती थियो । जस्मा कांग्रेसले शुभकामना छ समेतको जवाफ फर्काएको स्रोतले बतायो तर मुख्यमन्त्रीले राजेकै मन्त्रालय पाउने बताएपछि बिश्वासको मत पाउन सफल भएको हो ।