एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ४ : अन्ततः विपक्षी तिनवटै दलहरु प्रदेशसभा बहिष्कार गरेपछि मात्र मुख्यमन्त्री सरोज कुमार यादवले बिश्वासको मत लिन सफल भएको छ । मंगलवारनै तिन दुई चोटी स्थगित भएको बैठकमा कृषि बिश्वविद्यालयको शिलान्यासमा भएको घटनाको छानविनका लागि सहमती जुटन नसकेपछि तेस्रो पटकको बैठक पछि विपक्षी कांग्रेस, जनमत र लोसपा सभा बहिष्कार गरेपछि मुख्यमन्त्रीले बिश्वासको मत लिन सकेका हुन ।
त्यसअघि पहिलो पटक बसेको बैठकमा जनमत र कांग्रेस रोष्टम घेराउ गरेको थियो भन्ने दोस्रो पटक बसेको बैठकमा मर्यादा पालक लगाएर मुख्यमन्त्रीले बिश्वासको मत सम्बन्धि प्रस्ताव टेवल गरेपछि जनमतका सांसदहरुले माइक, टेवल, कुर्सी र क्यामेरा सहितका सरसमानहरु समेत तोडफोड गर्दै मुख्यमन्त्रीलाई रोष्टम जान रोक्ने प्रयास गरेका थिए ।
तेस्रो पटकको बैठकमा विपक्षी नरहेपछि उपस्थित सत्ता पक्षधर ६१ जना सांसदको मत सहित मुख्यमन्त्री यादव चौथो पटक बिश्वासको मत पाउन सफल भएका हुन । तेस्रो पटकको बैठकमा पनि जनमत नारावाजी गर्न थालेपछि सभामुख रामचन्द्र मण्डलले उनीहरुलाई बाहिर निकाल्न रुलिङ्ग गरेपछि जनमत बैठक बहिष्कार गरेका थिए भने त्यस लगतै कांग्रेस र लोसपा पनि सभाबाट बाहिरएका थिए ।
मधेश प्रदेशसभामा अव सत्ता र विपक्ष लगभग समान शक्तिमा उपस्थित हुने देखिन्छ । मुख्यमन्त्री यादवले बिश्वासको मत पाएपनि सरकार चलाउन नेकपा माओवादी केन्द्र र नेकपा एसको पुरा साथ पाउने सम्भावना न्युन छ । त्यस कारणले पनि मुख्यमन्त्री यादवलाई अव सरकार चलाउन सहज नहुने आंकलन गर्न थालिएको छ ।