एसपी रिपोर्टर
जनकपुरधाम, चैत २९ : जनकपुरधाममा अगामि बैशाख २० गते देखि शहीदकप अन्तर प्रदेशिय क्रिकेट प्रतियोगिता हुने भएको छ । मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा विभिन्न आन्दोलनमा सहादत दिएका सहीदहरुको सम्झनामा वैशाख २० गते देखि वैशाख २९ गते सम्म शहीदकप अन्तर प्रदेशिय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
१० दिन सम्म चल्ने सो प्रतियोगितामा ७ वटै प्रदेशको क्रिकेट टिम तथा एउटा आयोजक क्रिकेट टिम सहित कुल ८ वटा टिमले सहभागिता जनाउने छ । प्रतियोगिताको उपाधी जित्ने टिमलाई ट्रफी, प्रमाण पत्रका साथै २ लाख ११ हजार नगद, दोस्रो हुने टिमलाई ट्रफी, प्रमाणपत्र सहित १ लाख १ हजार नगदबाट पुरस्कृत गरिने छ ।

यस अघि शहिदकप क्रिकेट प्रतियोगिताको आयोजना शहिदकप क्रिकेट कमिटीले गर्दै आईरहेको थियो । ३ वटा संस्करणको आयोजना गरिसकेको यो प्रतियोगिताको यस वर्ष कमिटिले संयोजन गरिरहेको छ । मधेसमा खेलकुद गतिविधि बढाउने उद्देश्यले मन्त्रालयले नै यो प्रतियोगिताको आयोजना गर्न लागेको मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले बताईन ।

आगामी आर्थिक वर्षदेखि खेल क्षेत्रमा लगानी बढाउनुका साथै प्रतियोगिता आयोजनाका लागि बजेटमा समेत बृद्ध गर्ने मन्त्री साहले प्रतिवद्धता जनाइन । सो अवसरमा कमिटिका अध्यक्ष रुपेश सिंह मुन्ना, राजिव मान सिंह, आकाश पाण्डे, लोसपाका युवा नेता ज्ञानेन्द्र झा ज्ञानु, मन्त्रालयका सचिव चुडामणी फुयाल सहितको उपस्थिती थियो ।