एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ : नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलवार साँझ जनकपुरधाम आइपुगेको खवर पाएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नं.२३ का वडा अध्यक्ष राघवेन्द्र साह उनी संग भेटन तयारी थाले । गृहमन्त्रीसंग कसरी भेट हुन्छ ? भन्नेमा उनी सक्रिय भए । व्यस्त तालिकाका कारण उनको भेट हुने नहुने शंसय थियो । त्यस कार्यमा वडा अध्यक्ष साहका भिनाजु वरिष्ठ पत्रकार श्री नारायण साह पनि सक्रिय थिए ।
गृहमन्त्री लामिक्षाने संग वडा अध्यक्ष साह भेटन एकदमै उत्सुकताको कारण थियो साहको लामिछाने प्रतिको भरोसा । वडा अध्यक्ष साह र गृहमन्त्री दुवैजना पुर्व पत्रकार हुन । शाहस र निडरता दुवैको उस्ता उस्तै । वडा अध्यक्ष साह क्रमश तिनै प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका दोस्रो सुपुत्र र निडर एवं साहसिक पत्रकार रविन्द्र साहका भाई हुन जो कसैसंग नझुकेर लेखिरहे र बोलिरहे ।
राजेश्वर नेपाली र रविन्द्र साह सहित उनका परिवार चाप्लुसी गरेको भए मन्त्री नभए पटक पटक सांसद हुन्थ्यो भन्दा फरक पर्दैन । अन्तिम समयमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर जउनपा २३ को वडाअध्यक्ष बनेका साह गृहमन्त्री लामिछानेलाई भेटेर जनकपुरधामको मुख्य समस्या सार्वजानिक जग्गा हिनामिना बारे जानकारी गराए केहि हुन्छ कि ? भन्ने आशाका साथ भेटन चाहे ।

बुधवार साँझ बल्ल रास्वपाको पार्टी कार्यालयमा गृहमन्त्री संग केहि मिनेट उनले भेटेर सबै कुरा, समस्या, बेतिथि र चुनौतीहरु मात्र सुनाएन आफना परिचय पनि साहले दिए । उनको वडामा रहेको सार्वजनिक, एलानी, पर्ति र गुठीका जग्गाहरु संरक्षणकालागि गृहमन्त्री रवि लामिछानेलाई उनले भेट गरेर जानकारी गराउदै आफु भरोसा गरेर भेटन चाहेको बताए ।
एसपी खवरसंग उनले भने, ‘लामिछाने सहितका युवाहरुको राजनिति आगमनले केहि भएपनि आशा जागेरै भेटन चाहेको हुँ, अव हेरौं ।’ नभए त फेरी पनि त्यै हो ‘जो जोगी आएपनि कानै चिरेको’ उनले थपे । उनका अनुसार जिप्रका धनुषामा मिति २०८०÷११÷२२ गते दर्ता गराएका ४३ वाट कित्ताको रेकर्ड, रामजानकी दुल्हा भगवान वेला कुट्टीका जग्गाहरु अतिक्रमण गर्ने अतिक्रमकारीहरुद्वारा वडा कार्यालय र वडाध्यक्षमाथि उच्च अदालमा दर्ता गराएका मद्दाको कागजात तथा सार्वजनिक जग्गाहरु संरक्षण र वडा भित्र विचौलियाहरुमाथि कारवाहीको लागि वडाध्यक्ष साहले चालेको प्रक्रियामा मन्त्री गृहमन्त्री लामिछानेले यथासिघ्र पहल गर्ने आश्वासन दिएको उनले बताए ।
उनले आफु राजनितिका लागि राजनिति नभई विकास र समाजिक सुधारका लागि राजनितिमा आएकाले एउटा जमात बनाएर बेतिथि विरुद्व लडन चाहिरहेको बताए । यसलाई युवाहरुले कहिले अपनत्व लिन्छ र यो अभियानको रुपमा अगाडि बढन त्यो चाँही हेर्न वाँकी रहेको उनले थपे ।