पुरन रौनियार
जनकपुरधाम, फागुन १२ : धनुषाको जनकनन्दनी गाँउपालिकाको कठाल र सिरहाको मलहनियालाई जोडने नेपालकै सबै भन्दा लामो झुलंगे पुलको आज प्रधामन्त्री प्रचण्डले समुदघाटन गरे । नेपाली सेनाको हेलिकप्टरमा सिधै कमलाको बालुवामा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड पुलको समुदघाटन पछि छेउमै बनाइएको मञ्चमा आधा घण्टा व्यतित गरे ।
मञ्चमा आशन ग्रहण पछि सो क्षेत्र धनुषा २ का प्रतिनिधीसभा सदस्य रामकृष्ण यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै स्थानिय मुद्दाहरु सुनाए । क्षेत्रको भुगोल, क्षेत्रफल सहित उनले कमलाको कच्ची बाँधले बाढि र कटान मात्र नभई सिचाँईको पानी समेत रोकिएकाले किसानहरु मर्कामा परेको सुनाउदै कमलाको बाँधलाई पक्की बाँध बनाई सिचाँईको व्यवस्था गर्न आग्रह गरे । उनले बनिसकेर पनि कामै नलाग्ने गरि भत्केको कमलाको पक्की पुल अनुगमण गर्दै पुर्न निर्माण वा ममर्तका लागि पहल गरिदिन आग्रह मात्र गरेनन कमला छेउको कृषि क्षेत्रको पनि हवाई अनुगमण गर्न सहितका विभिन्न स्थानिय मुद्दाहरु सुनाउदै सम्बोधनका लागि आग्रह गरे ।
त्यसपछि बोल्न आए नेपाली कांग्रेस मधेश प्रदेशका सभापति र मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री कृष्ण यादव । उनले मधेश सरकार चलाउन धेरै दिक्कत भइरहेको भन्दै संविधान तहत पाएको अधिकार कम्तिमा प्रत्यायोजन गरिदिन आग्रह मात्र गरेनन संघियता बचाउन निजामती कर्मचारी, प्रदेश प्रहरी समायोजनका साथै शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि ठोस कानुन यथा सिघ्र बनाइदिन आग्रह गरे ।
उनले भने, ‘प्रधानमन्त्री ज्यू, अव को र कस्तो प्रधानमन्त्री आउँला आउँला मलाई वहाँहरु प्रति बिश्वास छैन, संघियता बचाउन सक्ने क्षमता र मुख्य जिम्मेवार तपाँई नै भएकाले तपाँईकै कार्यकालमा यि सबै होस भन्ने म चाहन्छु ।’ मन्त्री यादवले संघियता र गणतन्त्रको अभिभावकका रुपमा पनि आफुलाई अरु भन्दा प्रचण्ड माथी नै संघियता रक्षाको सवालमा बिश्वास रहेको धारणा राखे । मुख्यमन्त्री अनुपस्थित समारोहमा उनले मधेश सरकारको व्यथा सुनाए ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारी र प्रदेश प्रहरी समायोजन ऐन अन्तिम चरणमा रहेको बताउदै आफनै नेतृत्वको सरकारमा यि सबै ऐनहरु पारित गराई संघियता कार्यान्वयनको काम सम्पन्न हुने बताए । प्रधामन्त्री प्रचण्डले प्रदेश सरकारहरुको असन्तुष्टि र संघियता कार्यान्वयनका मुख्य वाँकी रहेका प्रक्रियाहरु निजामती, प्रहरी प्रशासन ऐनहरु टुङ्गो छिट्टै लाग्ने बताए ।
मुख्य सचिव संग आजै भएको कुराकानी उद्दृत गर्दै प्रधानमन्त्री प्रचण्डले मुख्य सचिवले निजामती ऐन पनि अन्तिर चरणमा रहेको र अगामि मन्त्री परिषदको बैठकवाट स्वीकृत दिदै संसदमा पेश गरिने बताए । उनले आफु ४० वर्ष अगाडि भुमिगत राजनिति र संगठन बनाउने क्रममा धनुषा र सिरहामा धेरै भुमिगत बसोबास गरेको र कमला नदी दिनरात नभनि तर्ने गरेको स्रमण गर्दै झुलंगेपुल समुदघाटन गर्दै गर्दा अत्याधिक खुसी लागेको पनि बताए । उनले मधेशको जनताको मतबाट सिरहावाट चुवाज जितेर दोस्रो पटक प्रधानमन्त्री बनेपनि धेरै गर्न नसकेको भन्दै अगामि बजेटमा सिरहा र धनुषाको पिडालाई प्राथमिकतामा राखिने बताए ।