एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ : समान्यता कुनै एक निर्वाचन क्षेत्रले एक प्रत्यक्ष र एक समानुपातिक गरि बढिमा दुई सांसद पाउने गर्दछन् तर धनुषा क्षेत्र नं. एकको सौभाग्य संसदमा चारजना सांसद मात्र पाएको छैन एक जना संघिय मन्त्री पनि पाउन सफल भएको छ ।
विहिवार भएको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मधेशवाट अन्य कोटामा निर्वाचित नेपाली कांग्रेसका अनुशासन विभाग प्रमुख समेत रहेका अनुभवि नेता आनन्द प्रसाद ढुङ्गाना सोहि क्षेत्रका बासिन्दा र चार पटक सांसद र एक पटक संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन ।
त्यती मात्र होइन संघिय सरकारका मन्त्री र पार्टीको नेतृत्व तहमा बसेर राजनिति गर्दै आएका उनले देशको माथिल्लो संसद राष्ट्रियसभामा समेत स्थान पाएका छन् । उनका साथै सो क्षेत्रबाट दिपक कार्की (जसपा) प्रत्यक्ष निर्वाचित सांसद हुन भने अनिता साह (जनमत) समानुपातिक सांसद र बहालवाला संघिय मामिला तथा समान्य प्रशासन मन्त्री तथा मनिष झा (रास्वपा) समानुपातिक सांसद हुन । सोहि क्षेत्रले लिला कोइराला, मातृका प्रसाद यादव, स्व. योग नारायण यादव सहितको नेता पाएको छ ।
चार वर्ण छत्तिस जातको साँझा फुलवारी रहेको सो क्षेत्रले चारजना प्रतिनिधी व्यवस्थापिका र कार्यपालिकामा पनि पाउनु सौभाग्य नै हो । धनुषा, सिरहा, सिन्धुली र उदयपुर जिल्लाको संगम स्थल समेत रहेको सो क्षेत्रले गरिव बिपन्नको प्रिय नेता तथा जनयुद्वका प्रथम शहिद रामवृक्ष यादव (मास्टर साहेव) पनि पाएको छ । सो क्षेत्रमा देशका शिर्षनेताहरु विपी कोइराला देखि गिरिजा प्रसाद कोइराला, गणेशमान सिंह सहितका समेत आउने गरेका थिए ।
शहिद रामवृक्ष यादवको घर र स्मृतीसभामा गरि माओवादीका सुप्रिमो प्रचण्ड देखि सबै शिर्षनेताहरु समेत पधारि सकेको सो क्षेत्रमा सबै जातजातीको बसोबास छ । मधेश र पहाडी समुदायका सबै जातजाती सहित थारु, लिम्बु, लामा सहितका जनजाती देखि राणा र शाहबंशीहरुको समेत बसोबास रहेको सो क्षेत्रमा एक समय हेमबहादुर मल्लको समेत खुबै रुतवा र प्रभाव थियो । एउटै क्षेत्रले एकैपटकको व्यवस्थापिका र कार्यपालिकामा गरि चार सदस्य पाउनु ठुलो अवसर हो ।
हुनत मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पनि सोहि क्षेत्रकै हुन र पैतृक बसोबास जोडने हो भने नेकपा एमालेका सचिव तथा हाल धनुषा ४ बाट प्रतिनिधीसभा सदस्य समेत रहेका पुर्व उपप्रधानमन्त्री रघुविर महासेठ पनि सोहि क्षेत्रकै बासिन्दा पर्न जान्छ । यद्यपि उनी हाल क्षेत्र नं. ४ का बासिन्दा र मतदाता समेत भइसकेका छन् । सो क्षेत्र संग अन्य केहि थप यस्ता नाउँ र नेता पनि जोडिन सक्ला तर यस्ता नेताहरु जन्माएको सो क्षेत्र अझै विकास र पुर्वाधारमा पछाडि पर्नु दुःखद रहेको स्थानियहरु बताउछन् ।
क्षेत्रवासी रघुनाथपुरका विनोद पाल समाजिक सञ्जालमा लेख्नु हुन्छ ‘तत्कालीन आ दीर्घकालीन खुसीमे आकाश पतालके अन्तर होइछै… तत्कालीन खुसी त कतेको बेर भेलि मुदा….।’ वहाँको भावना हो, क्षेत्रले नेता त धेरै पायो तर विकास र सुशासन पाउन सकेको छैन ।