एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ :
ब्लड फर निड धनुषाले हिन्दुहरुको पर्व विजयदशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । दशैँको पूर्व सन्ध्यामा सो संस्थाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । ब्लड फर निड धनुषाका अध्यक्ष बलराम गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले संस्थाको कार्यको उच्च प्रशंसा गरे । उनले आवश्यक्ताको समयमा यो संस्थाले दुःखी व्यक्तिलाई रगत उपलब्ध गराएर गुण लगाउने काम गरेको बताए ।
उपप्रमुख साहले रगत दान भन्दा यो संसारमै कुनै नरहेको र यो संस्थाको सोही काम रहेकाले यस्ता संस्थाहरुलाई सहयोग गर्न उपमहानगर तत्पर रहेको बताए ।
कार्यक्रममा मधेस प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र, रेडक्रसका सभापति नरेशप्रसाद सिंह, नेपाली कांग्रेसका नगर उपसभापति राकेशबिक्रम साह, ब्लड फर निडका केन्द्रिय सदस्य अविनाश सिंह, शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक अजय झा, सहसंयोजक निशा साह, लगायतको उपस्थिति रहेको थियो ।