एसपी रिपोर्टर
काठमाण्डौं, जेठ ३ : जेल जिवन बिताइरहेको थारुहरुका नेता रेशम चौधरी संस्थापक रहेको उनको पार्टी नागरिक उन्मुक्तीले सरकार छाडने तयारी गरेको छ । वर्तमान संघिय सरकारले विभिन्न परिवर्तणहरुका लागि भएको आन्दोलनमा जबरजस्ती जेलमा हालिएकाहरुलाई जेलमुक्त गरि झुठा मुद्दाहरु फिर्ता हुने गरि विद्ययेक ल्याउन लागेका बेला मंगलवार स्र्वोच्च अदालतले चौधरीलाई जन्मकैदको सजाय सदर गरेपछि पार्टी सरकार छोडेर आन्दोलनमा जाने तयारी गरेको छ ।
यस अघि जिल्ला र उच्च अदालतले गरेको जन्मकैदकै सजायलाई सदर हुने गरि स्र्वोच्चले फैसला गरेपछि उनको पार्टी संघिय र सुदुरपश्चिम दुवै सरकार छोडेर आन्दोलनमा जाने तयारी गरेको हो । हाल चौधरीकी श्रीमती पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संघिय सरकारमा भुमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन । चौधरीले आफना पार्टीका सांसद र नेताहरुलाई दिल्लीबजार स्थित आफु रहेको जेलमा बोलाएका छन् ।
सुदुरपश्चिम सरकारमा समेत निर्णायक मानिएको यो पार्टी आजै प्रदेशको समेत संसदिय दलको बैठक बसेर सरकारबाट बाहिरने र आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । २०७४ सालको फागुन देखि जेलमा रहेका चौधरी २०७४ को निर्वाचन जेलबाटै लडेर अत्याधिक मतान्तरका साथ विजयी भएपनि संसदमा भने प्रवेश पाएनन । २०७९ सालको निर्वाचनमा भने उनलाई उम्मेदवार बन्न अयोग्य घोषणा गरिए ।