एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : जनमत पार्टीले भ्रष्टाचार विरुद्व जनकपुरधाममा प्रदर्शन र नारावाजी गरेको छ । भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा निष्पक्ष छानविन भई जस्तो सुकै हाइप्रोफाइलका नेता भएपनि सबैलाई कारवाहि हुनुपर्ने भन्दै जनमत पार्टीको विद्यार्थी जनमत संघ धनुषा धनुषा कार्यसमितिको अगुवाईमा जनकपुरधामको जनकचौकमा प्रदर्शन र नारावाजी भएको हो ।
नेपालीलाई शरणार्थी बनाएर भएको भ्रष्टाचारको विरुद्धमा विद्यार्थी जनमत संघ धनुषाले जनकपुरधाममा विरोध प्रदर्शन गर्दै छानविन र कडा कारवाहीको मांग गरेका छन् । जनमत पार्टीले भ्रष्टाचारीलाई करवाहीका लागि सरकारसंग जोडदार माग गर्दै भ्रष्टाचारी सरकार मुर्दावाद, भ्रष्टाचारीलाई कारवाही गर सहितका नारावाजी गरेका छन् ।

भ्रष्टाचारको विरुद्धमा युवाहरु एकजुट हुनुपर्ने संघको आहवान छ । सो अवसरमा आजको प्रदर्शन र विरोध कार्यक्रममा सक्रिय पहलकदमी लिने विद्यार्थी नेता विरेन्द्र यादव, पार्टी धनुषाका संयोजक सुरेन्द्र मण्डल, नेता विपी साह, विद्यार्थी नेता ईजाज अन्सारी सहितको पार्टीका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।