FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सत्ता गठबन्धनमा उपेन्द्र र डा. राउत बिचमा घोचपेच सुरु, उपेन्द्रको यस्तो आरोप

मधेश सरकारमा परिर्माजनको जिम्मा देउवा, यादव र ठाकुरलाई

सत्ता गठबन्धनमा उपेन्द्र र डा. राउत बिचमा घोचपेच सुरु, उपेन्द्रको यस्तो आरोप

एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २४ :
सत्तारुढ गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतको आलोचना भएको छ । बालुवाटारमा बसेको बैठकले जनमत पार्टीले गठबन्धनको निर्णयविपरीत काम गरेको भन्दै आलोचना भएको हो । गठबन्धनले गत उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय यादव र बारा–२ मा भएको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधि सभा सदस्यका लागि साझा उम्मेदवार बनाएको थियो ।

तर दुवै निर्वाचनमा जनमत पार्टीले गठबन्धनको निर्णयविपरीत उम्मेदवार खडा गरेको थियो । गठबन्धनमा रहने हो भने जनमत पार्टीले गठबन्धनकै मूल्य मान्यताअनुसार अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । यस विषयमा गठबन्धनका रहेका दलहरूले सो पार्टीका अध्यक्ष राउतसँग छलफल गर्ने पनि बताइएको छ ।

जसपा अध्यक्ष यादवले मधेस सरकारमा पनि जनमत पार्टीका मन्त्रीहरूले जथाभाबी निर्णयहरू गरिरहेको गुनासो बैठकमा राखेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार छलफलबिनै पार्टीका मन्त्रीहरूले जनतासँग विभिन्न प्रतिबद्धताहरू जनाउँदै हिँडेको गुनासो अध्यक्ष यादवको थियो ।

‘जनमतबाट कृषिमन्त्री बनेका वसन्त कुशवाहाले कहिले मल वितरण गर्ने भन्छन्, कहिले ट्युबवेल वितरण गर्ने भन्छन्, कहिले बिउ वितरण गर्ने भन्छन्, तर मधेस सरकारले त्यससम्बन्धी कुनै निर्णय नै गरेको छैन । यसले सरकारलाई गाह्रो बनाएको छ,’ यादवको गुनासो थियो, ‘कुनै पनि काम गर्दा सरकारसँग समन्वय र छलफल गर्नुपर्ने हो । तर मुख्यमन्त्रीलगायत अन्य सरोकारवालासँग कुनै छलफल नै नगरी सो पार्टीका मन्त्रीहरू जथाभाबी योजनाहरू बनाएर प्रचार गरिरहेका छन् ।’

मधेस प्रदेश सरकार पुनर्गठनको तयारी

बैठकमा मधेस प्रदेश सरकार हेरफेरको विषयमा पनि छलफल भएको थियो । बैठकमा मधेस प्रदेशको सरकार अब वर्तमान सत्ता गठबन्धनको आधारमा गठन गर्नुपर्ने कुरा उठेको थियो । यसबारे छलफल गर्ने जिम्मा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिइएको एक नेताले जानकारी दिए ।

मधेस प्रदेश सरकारको नेतृत्वमा काँग्रेस, जसपा र लोसपाको दाबी रहेका कारण तीनवटै दल आपसमा मिलेर त्यसको बारेमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्यान्डेट दिएको बताइएको छ । मधेस प्रदेश सरकारको नेतृत्व हाल जसपाले गरिरहेको छ । तर नयाँ गठबन्धनअनुसार काँग्रेसले सरकारको नेतृत्वको दाबी गरेको छ । त्यस्तै लोसपाको पनि नेतृत्वमा दाबी छ ।

मधेस सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता भइसकेका छन् । अब नयाँ गठबन्धनअनुसार सो सरकारमा काँग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) सहभागी हुनेछन् । यो सरकारमा जनमत पार्टीलाई यथावत् राख्ने तर सरकारको नेतृत्व भने नदिने गठबन्धनमा लगभग सहमति बनेको ती नेताले बताए ।

Tags: उपेन्द्र र डा. राउत बिचमा घोचपेच

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

22 mins ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

1 hour ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

3 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy