एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२ : एक आध वाहेक कांग्रेसलाई लगातार चुनाव जिताउदै आएको तनहुँ क्षेत्र नं. १ मा स्वर्णिम युग थालनी भएको छ । कांग्रेसको किल्ला सो क्षेत्रले राष्ट्रपती पाएपछि भएको निर्वाचनमा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनी कांग्रेसले टिकट नदिएपछि चुनावको पुर्व सन्ध्यामा रास्वपा प्रवेश गरि उम्मेदवार बनेको थिए ।
वाग्ले ३४ हजार ९ सय १९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत मात्र पाएका छन् । उनीहरु बिचको मतान्तर १४ हजार ७ सय ९७ रहेको छ । एमालेका उम्मेदवार पुर्व प्रहरी प्रशासक सर्वेन्द्र खनालले एमालेको मत पनि पाएन उनले ८ हजार ४ सय ८८ मत मात्र पाएका छन् । त्यसैगरि सो क्षेत्रमा राप्रपाका उम्मेदवार शोभा गुरुङ्ग २ सय १८, मंगोल नेशनल अर्गनाइजेशनका प्रेम बहादुर थापा १ सय ६६ र नागरिक उन्मुक्ति पार्टी भिम बहादुर सुनार ९९ मत पाएका छन् ।
सो क्षेत्रमा कुल खसेको मत ६५ हजार ३ सय १६ मध्ये ११ सय ८१ भएर ६४ हजार १ सय ३५ मत सदर भएका छन् । साथै सो क्षेत्रमा राम प्रसाद प्रजापति, नेमकिपाका ३१, गणेश श्रेष्ठ, नेकपा समाजवादीका ५
र पूर्ण बहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले ८७ मत पाएका छन् ।