FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • मैथिली खबर
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • मैथिली खबर
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

Author Avatar SP KHABAR 27th March 2023 , 7:24 PM
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ :
मधेश केन्द्रित साना चार दल मिलेर लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमबार जनकपुरधाममा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चा गठन भएको घोषणा गरेको हो ।

उक्त मोर्चाले ११ बुँदे साझा अवधारणा–पत्र पनि सार्वजनिक गरेको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश आन्दोलनका मुद्दाहरूमाथि केन्द्रित रहेर सामसामयिक विषयहरूमा मधेशको सही प्रतिनिधित्व गर्ने दाबी गरे ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेसको मुद्दामा विश्वास गर्ने सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनु आवश्यक रहेको बताए । ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुरले समावेशितामाथि जोड दिए । अवधारणा–पत्रमा लोकतन्त्रप्रति प्रतिवद्धता व्यक्त गर्दै विभिन्न षडयन्त्र र कुटिल अभ्यासहरूबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेशी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ ।

पहिचानमा आधारित रही प्रदेशहरूको सीमांकन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मान, स्थानीय र प्रादेशिक तर्फको संघीय संसदको सदन राष्ट्रियसभामा जनसंख्यामा आधारित प्रतिनिधित्व तथा संघीय संसदीय अभ्यासमा राष्ट्रियसभाको समान भूमिका लगायतका विषयमा संविधान संशोधनको माग गरेको छ ।

स्थानीय तहको दलविहीन निर्वाचन तथा प्रदेशसभा र संघीय संसदको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग गर्दै मोर्चाले युवाहरूको निमित्त स्वदेशमै रोजगार, कृषि क्षेत्रको प्रतिफलमूलक सुधारलाई अवधारणा–पत्र मार्फत आफ्नो मागमा समेटेको छ ।

दुबै सदनबाट दुई पटक पारित भई गत भदौ २० गते राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन कानुन बनेर समस्या समाधान गर्नु पर्ने अवधारणा पत्रमा भनिएको छ । सो अवसरमा तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंह, नेतृ विभा ठाकुर, उमेश मण्डल, सतिश लाल दास सहित चारैदलका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।

Tags: लोकतान्त्रिक मधेशी मोर्चा गठन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ
अन्य

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ

6 hours ago
सिरहामा युवतीको मृत्युपछि न्यायको माग, पीडक अझै फरार
अन्य

सिरहामा युवतीको मृत्युपछि न्यायको माग, पीडक अझै फरार

6 hours ago
जानकी जन्मोत्सवमा राष्ट्रिय विदा माग गर्दै वैष्णव संघको ज्ञापनपत्र
अन्य

जानकी जन्मोत्सवमा राष्ट्रिय विदा माग गर्दै वैष्णव संघको ज्ञापनपत्र

7 hours ago
भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणमा आउँदै
अन्य

भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणमा आउँदै

7 hours ago
जानकी नवमीमा राष्ट्रिय विदा दिन सन्त समाजको माग
अन्य

जानकी नवमीमा राष्ट्रिय विदा दिन सन्त समाजको माग

8 hours ago
सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता भद्रकाली प्रहरी परिसरमा
अन्य

सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता भद्रकाली प्रहरी परिसरमा

8 hours ago
शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी : योजनाका चिठी बिक्रीको आरोप
अन्य

शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी : योजनाका चिठी बिक्रीको आरोप

9 hours ago
पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन रोकावट छैन : अध्यक्ष दाहाल
अन्य

पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन रोकावट छैन : अध्यक्ष दाहाल

9 hours ago
शिक्षक महासंघको आग्रह : शैक्षिक हड्तालमा निजी विद्यालय पनि बन्द गर्न अनुरोध
अन्य

शिक्षक महासंघको आग्रह : शैक्षिक हड्तालमा निजी विद्यालय पनि बन्द गर्न अनुरोध

10 hours ago
रौतहटमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीहरूबाट १ करोड बढी राजस्व सङ्कलन
अन्य

रौतहटमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीहरूबाट १ करोड बढी राजस्व सङ्कलन

10 hours ago

ताजा समाचार

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ

सिरहामा युवतीको मृत्युपछि न्यायको माग, पीडक अझै फरार

जानकी जन्मोत्सवमा राष्ट्रिय विदा माग गर्दै वैष्णव संघको ज्ञापनपत्र

भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणमा आउँदै

जानकी नवमीमा राष्ट्रिय विदा दिन सन्त समाजको माग

सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता भद्रकाली प्रहरी परिसरमा

शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी : योजनाका चिठी बिक्रीको आरोप

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy