एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १२ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाण्डौंमा अहिले साँढेको जुधाई भइरहेकोले आफुहरु काठमाण्डौं छोडेर क्षेत्र र जिल्ला तर्फ झरेको बताएका छन् । जनकपुरधाममा आयोजित चौथो जनकपुरधाम साहित्य महोत्सवको दोस्रो दिनको पत्रकार राजेन्द्र बाँनिया संगको ‘राजनिति अवसर कि अभियान’ विषयक सत्रमा राष्ट्रपतिको छनौट हुनेवेलामा तपाँई राष्ट्रिय पार्टीको अध्यक्ष भएर काठमाण्डौं बाहिर किन ? सोधिएको प्रश्नमा उनले कांठमाण्डौंमा साँढेहरुको लडाई सम्पन्न भएपछि मात्र आफुहरु जस्ता बाछाहरु आवयश्क पर्ने भएकाले जिल्ला र क्षेत्र तिर झरेको बताएका छन् ।
आफुलाई ठुला भन्ने दलहरुले उम्मेदवार टुङ्गो लगाएपछि मात्र आफुहरु के गर्ने भन्ने विषयमा अगाडि बढने उनले बताए । तपाईहरुलाई बैठकमा बोलाइन माने तपाईहरु बाछो हो ? भन्ने सवालमा उनले त्यस्तै बुझेको स्वीकार गरे । डा. राउतले काम नगर्ने, जनतालाई सास्ती दिने र घुस माग्ने कर्मचारीलाई जनकारवाही जारी रहने दोहराएका छन् ।
त्यस अगाडि भएको साहित्य महोत्सवको आयोजना किन ? घोघ बनल घेघ, पर्यावरण शहिद दिलिप महतोलाई स्मरण गर्दा सहितक विभिन्न विषयक सत्रहरुमा विज्ञहरुले आफनो तर्क प्रस्तुत गरेका छन् । त्यसैगरि साँझ पत्रकार भुषन दाहाल संग मास्टर सेफ सन्तोष साहको स्थानिय परिकार र समाज तथा साहित्य सहितको सत्र पनि प्रस्तुत गरिएको छ । फ्याक्ट नेपालको प्रायोजनामा मिथिला फाउन्डेशले आयोजना गरेको महोत्सव भोली सम्म चल्ने छ ।