एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ : संघिय सरकारमा जस्तै जनमत पार्टीलाई मधेश सरकारमा पनि अप्रत्यासित रुपमा नयाँ मन्त्रालय दिइएको छ । दलहरु बिचको सहमतीमा समाजिक विकास दिइने सहमती गरेको मुख्यमन्त्री सरोज कुमार यादव अचानक जनमतबाट बिना विभागिय मन्त्रीको सथप लिएका पार्टीका उपाध्यक्ष समेत रहेका ई. वसन्त कुशवाहालाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
विहिवार बिदाको दिन मुख्यमन्त्री गृह जिल्ला तर्फ रहेका बेला उनको सिफारिसमा मधेश प्रदेश प्रमुखको कार्यालयका निम्ति कार्यालय प्रमुख सत्रुधन यादवले जारी गरेको बिज्ञप्तीमा जनमतका कुशवाहालाई कृषि, जसपाका संजय यादवलाई अर्थ र एमालेका सरोज कुमार यादवलाई भौतीक पुर्वाधार मन्त्रालयको जिम्मेवारी तोक्दै वाँकी मन्त्रालयहरु मुख्यमन्त्री आफनै जिम्मा तत्काल राखेको उल्लेख छ ।
बिना विभागिय मन्त्री कुशवाहालाई समाजिक विकास मन्त्री भन्दै समाजिक सञ्जालमा विगत दुई दिन देखि बधाई र शुभकामनाको लर्को आइरहेको थियो । तर एकाएक प्रदेश प्रमुख कार्यालयको विज्ञप्तीमा उनको मन्त्रालय खोसिएर कृषि बनाइएको छ ।