एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ : आज वसन्त पञ्चमी अर्थात देवी सरस्वतीको पुजा । जनकपुरधाममा विशेष तामझाम रौनक देखिएको छ । विहानै स्नान गरि विद्यार्थी, शिक्षक सहित शैक्षिक संस्थाहरुमा दैनिक अध्यन्न, अध्यापन र कामगर्नेहरु माता सरस्वतीको पुजापाठ गरि रमाइलो गरिरहेका छन् ।

जनकपुरधामको विद्यालय, कलेज र चौक–चौकको गल्ली गल्लीमा देवी सरस्वतीको प्रतिमा स्थापित गरि पुजापाठ र धुमधाम गरिरहेका छन् । तस्वीरमा प्रस्तुत छ, जनकपुरधामा देखिएको चहलपहल







