एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : देशको प्रधानमन्त्रीमा तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाजी मारेको छ भने सात मध्ये चारवटा प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमती भएको छ । स्रोतका अनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा मुख्यमन्त्री पाउने छ ।
त्यसै गरि मधेश प्रदेशमा जसपा र जनमतले आधा/आधा सरकारको नेतृत्व गर्ने मोटामोटी सहमती भएको छ भने सुदुर पश्चिममा माओवादी र नागरिक उन्मुक्तीले आधा/आधा कार्यकाल सरकार चलाउने सहमती भएको स्रोतले जनाएको छ ।
मधेश र सुदुरपश्चिममा पहिला कस्ले मुख्यमन्त्री पाउने भन्ने कुराको निश्कर्ष आपसी सहमतीबाट लगाइने बताइएको छ ।