एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीको निवास बालकोटमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने छ दल बिच सहमती जुटेको छ । यद्यपि सो मोर्चामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ती पार्टी समेत थपिने जनाइएको छ । यि सात दलहरुको सिट संख्या जोडदा प्रचण्ड कुल १ सय ६६ सांसदहरुको समर्थनमा प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ ।
बालकोटमा एमाले, माओवादी, रास्वपा, जनमत, राप्रपा र जसपा बिच सहमती भएको हो । राष्ट्रपति विद्या भण्डारीले आजै पाँच बजे सम्म सरकारका लागि दावी पेश गर्न दलहरुलाई पत्राचार गरेको थियो करिव चार बज्नै लाग्दा प्रधानमन्त्रीमा प्रचण्डको नाउँमा सहमती जुटेको छ । अव कांग्रेसको साथमा लोसपा पनि नआए यि दुई दल प्रतिपक्षमा बस्ने भएको छ । यद्यपि प्रचण्डको प्रधामन्त्री काल भने अढाई वर्षको मात्र हुने सहमती भएको बालकोट स्रोतले जनाएको छ ।