एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : पुर्व राजा ज्ञानेन्द्र शाह जनकपुरधामको प्रसिद्व श्री जानकी मन्दिरमा दर्शन तथा पुजापाठ गरेका छन् । विमानबाट आउने कार्यक्रम रहेपनि विहिवार साँझ सडकमार्ग हुदै जनकपुरधाम आएका पुर्व राजा शाह शनिवार विहान ११ बजे श्री जानकी मन्दिर पुगेर पुजापाठ तथा दर्शन गरेका छन भने जानकी मन्दिर छेउमै रहेको विवाह मण्डपमा समेत पुगेर दर्शन अवलोकन गरेका छन् ।
सो क्रममा मन्दिर प्राङ्गणमा उनलाई स्वागत गर्न उल्लेख्य संख्यामा उनका समर्थकहरु पुगेका थिए । उनीहरुले पुर्व राजाको पक्षमा हाम्रो राजा हाम्रो देश प्राण भन्दा भन्दा प्यारो छ भन्दै नारावाजी समेत गरेका थिए । जानकी मन्दिरका महन्थ सहित साधुसन्तहरुले उनलाई स्वागत गर्दै दर्शन र भ्रमण अवलोकन गराएका थिए ।
शुक्रवार दिनभर जनकपुरधामको यात्री निवासमा उनले शुभेच्छुहरु संग भलाकुसारी गर्नुका साथै साँझ गंगा सागरमा दैनिक हुने महागंगा आरतीमा सहभागि भएका थिए । पुर्व महारानी र छोरी सहित परिवारजनका साथ जनकपुरधाम आएका उनी शुक्रवार दिनभर शुभेच्छुकहरुसंगको भेटघाट पछि साँझ गंगा आरतीमा सहभागी भएका हुन ।