एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : सरोकारबालाहरूले मधेश प्रदेशको खाद्य प्रणााली सुधार आवश्यक रहेको बताएका छन् । जनकपुरधाममा मंगलबार राष्ट्रिय योजना आयोग, मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमले आयोजना गरेको प्रादेशिक खाद्य प्रणााली समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
देशको सबैभन्दा बढी कृषि कर्म हुने मधेश प्रदेश भए पनि यस प्रदेशको खाद्य प्रणालीका क्रियाकलापहरू राम्ररी कार्यान्वयन हुन नसकेको बताएका छन् । खाद्य प्रणााली दुरुस्त नभए स्वास्थ्य प्रणाली तथा शिक्षा प्रणाली पनि प्रभावित हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने उनीहरूले बताएका छन् ।
भान्सा कोठामा खाद्यान्न मात्र पुर्याएर नहुने भन्दै पौष्टिक खाना कसरी पुग्ने विषयमा चासो हुनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूले किसानहरूले अर्गानिक खेतीतर्फ ध्यान दिनुपर्ने पनि बताएका छन् । कृषिका लागि आवश्यक भूभाग संरक्षण, नदी नियन्त्रणका साथै किसानले समयमा बिउ तथा पानी नपाउँदा सरकारले लिएको लक्ष्य हासिल हुन नसकेको बताएका छन् ।
मधेश प्रदेशको खाद्य प्रणालीको रूपान्तरणका लागि आवश्यक क्रियाकलापको पहिचान गरी कार्यान्वयन गर्ने निकायसमेत निर्धारण गरी आगामी वर्षको बजेट समावेश गराउने उद्देश्य लिएर यो गोष्ठी गरिएको थियो । नेपालको खाद्य प्रणाालीलाई सन् २०३० सम्ममा समतामुलक, उत्थानशीलि र दिगो बनाउन थप तीब्रता प्रदान गर्ने सरकारको लक्ष्य छ ।
किसानले उत्पादन गरेदेखि प्रशोधन, भण्डारण, बजार व्यवस्था, वितरणलगायत चरण हुँदै उपभोगको अवस्था तथा विसर्जनको चरणलाई खाद्य प्रणाली भन्ने गरिन्छ ।