एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले शिक्षा, स्वास्थ्य, रोजगार र किसान आफुहरुको मुख्य मुद्दा रहेको बताएका छन् । जनकपुरधामको श्री रामानन्द युवा क्लवको ३७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सांसदमा सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचन सांसद डा. राउतले आफुहरु धेरै काम गर्ने तर्फ नलागि शिक्षा, स्वास्थ्य, रोजगार र किसानको हितमा १० प्रतिशत मात्र पनि गर्न सके सफलता बुझने बताए ।
जनकपुरधामको हरेक अगुवा, संघसंस्थाहरुको भाषणमा राजर्षि राजा जनक र याज्ञवल्क्यको भुमि भनेर शानका साथ भनिने गरेपनि जनकपुरधामको शिक्षा र बौद्विकताको स्तर कहाँ छ ? भन्ने मापन कसैले गम्भिरता पुर्वक नगरिरहेको उनको तर्क थियो । सबै दिन म ज्ञानको भुमिको मान्छे भनेर मात्र नहुने भन्दै उनले ज्ञानको स्तर कति र किन भन्ने कुरा पता लगाएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य सतिश सिंहले जनकपुरधामको युवा क्लवहरु धार्मिक, सांस्कृती, भाषा, कला र साहित्यको क्षेत्रका पुरयाइरहेको योगदानको चर्चा गर्दै अव अझै समाजिक सुधारका काममा सहभागिता विस्तार गर्नुपर्ने बताएका छन् । निवर्तमान प्रदेश सांसद तथा लोसपा अध्यक्ष परमेश्वर साहले राजनितिमा हारजितले केहि फरक नपार्ने भन्दै समाजिक सक्रियता र योगदानले मात्र राजनितिक सार्थक हुने बताए ।
क्लवका अध्यक्ष मनमोहन साहको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सन्तोष मान सिंह, समाजसेवी पवन सिंहानिया, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, पुर्व अध्यक्षहरु अमरचन्द्र अनिल, अशोक दत्त, अनिल मिश्र, क्लवका पदाधिकारीहरु सहित समाजका अगुवाहरुको उपस्थिती थियो ।