एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ११ : हुनत जनताले व्यक्ति होइन पार्टीको चुनाव चिन्हमा मतदान गर्छन तर यसपालिको निर्वाचन व्यक्ति विशेष केन्द्रित देखिएको छ । जसरी देशमा पत्रकार रविलामिक्षानेको पार्टीको पृथक उदय भएको छ त्यसरिनै डा. सिके राउतको मधेशमा उदय भएको छ । कांग्रेस, एमालेको बर्चश्व रहेको धनुषामा पनि जनमतले उपस्थिती जमाएको छ ।
धनुषा १ मा एमाले छाडेर जनमत पार्टीका उम्मेदवार बनेका किशोरी साह कमल तेस्रो स्थानमा देखिएपनि जनमतको हिसावले कांग्रेस र एमालेको गोरहा खेत र दबदबा रहेका सो क्षेत्रमा जनमत पार्टी बैकल्पि शक्ति मात्र बनेको छैन जनमतको हिसावले पहिलो पार्टी बनेको छ । एमालेको सहयोगमा प्रतिनिधीसभामा निर्वाचित जसपाका उम्मेदवार दिपक कार्कीले २७ हजार ४३१ मत ल्याउँदा कांग्रेस सहित पाँच दलको सामुहिक उम्मेदवार मातृका प्रसाद यादवले २१ ह्जार ४८३ मत ल्याएका छन् ।
जबकि किशोरी साह कमल एक्लै १४ हजार ४६७ मत प्राप्त गरेका छन् । जनमत एक्लै चुनाव लडेपनि किशोरीको छवि र पार्टीको मेहनतका कारण जनमत पार्टीलाई हेर्ने हो भने पार्टी क्षेत्र नं. १ को पहिलो र बलियो पार्टी बन्न सफल भएकोमा नेताहरु खुसी छन् । उम्मेदवार कमल भन्छन, ‘प्राप्त शक्तिलाई सफलतामा परिणत गर्न मेहनत गरिन्छ ।’ उनले कांग्रेस एमाले र माओवादीबाट दिक्क भइसकेको जनता बिकल्पमा जनमत राजेको बताए ।
क्षेत्रमा जसपा होइन यसपालि व्यक्ति जितेको भएपनि हामी हारेका छैनौं, हामी नयाँ पार्टी र त्यो क्षेत्रको लागि शुन्य जस्तै थियौं तर परिणामले हौसला बुलन्द भयो जनमतका नेता विपी साहले भने । उनले जनादेशले पार्टी क्षेत्रमा पहिलो पार्टी बनेकोमा खुसी व्यक्त गरेका छन् । क्षेत्रको दुवै प्रदेशसभामा पनि जनमत तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रदेशसभामा प्रथम र दोस्रो गठबन्धनकै उम्मेदवारहरु भएकाले प्रदेशसभा तर्फ समेत जनमत एक्लै सबै भन्दा बढि मत ल्याउने पार्टी बनेको छ ।