एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १० : यसपालिको निर्वाचनमा देशमा मात्र होइन मधेश प्रदेशको राजधानी जनकपुरधाम समेत पर्ने धनुषा निर्वाचन क्षेत्र ३ मा पनि जनताले परिर्वतण चाहेको स्पष्ट संकेत गरेको छ । कांग्रेसको बाहुल्यता रहेको यस क्षेत्रमा प्रतिनिधीसभामा एमाले र दुईवटा प्रदेशसभाहरुमा एकमा कांग्रेस र अर्कोमा एमालेलाई नै मत दिएर क्षेत्रको विकासका लागि केन्द्रमा एमाले र प्रदेशमा दुवै पार्टीलाई जनमत दिएको देखिन्छ ।
प्रदेश १ मा कांग्रेसका रामसरोज दोहिरिनुमा अनुभव र प्रदेशको नेतृत्वका लागि जनताले अभिमत दिएको स्पष्ट हुन्छ । यादवसंग दुई नयाँ अनुहार प्रतिस्पर्धामा रहेकाले जनताले तत्काल विकल्प नचाहेको देखिन्छ भने जनकपुरधाम बजार क्षेत्रमा प्रतिनिधीसभा सदस्य जुली महतोलाई सहयोग पुगोस भन्ने उद्देश्यले प्रदेशसभामा पनि सोहि पार्टीका युवा नयाँ चेहरा दिपेन्द्र ठाकुरलाई ठाँउ दिएको छ ।
एमालेले आफुहरुले अवसर नपाएकाले जनकपुरधामको अवस्था यस्तो जरजर रहेको भाषणवाजी गर्दै आएकाले जनताले एमालेलाई अवसर दिएको देखिन्छ । कांग्रेसको विकल्पमा यसअघि मधेश केन्द्रित दललाई जनताले अवसर दिएपनि मधेश केन्द्रित दलको विभाजन आफै भित्रको खिचातानी र अवसरलाई सदुपयोग गर्न नसकेकाले जनकपुरधामवासीले नयाँ विकल्प राजेको हुन सक्ने भनाई जानकारहरुको छ ।
क्षेत्रको प्रदेश १ मा गठबन्धनका उम्मेदवार कांग्रेस नेता यादवको जित र क्षेत्र २ मा गठबन्धनकै उम्मेदवार लोसपा धनुषा अध्यक्ष परमेश्वर साहको हार मधेश केन्द्रित दलहरुको विभाजनकै परिणाम हो । जनमतका होरन, तमलोपाको कलश र जसपाको बागी लालटेनले पनि मधेशी दलकै मत तानेको छ भने गठबन्धनकै अर्को दल कांग्रेसका बागी पंखाले पनि मत काटदा साहको हार भएको विश्लेषण गरिन्छ । यद्यपि क्षेत्रको बहुसंख्यक जनताले परिवर्तण चाहेको परिणामनै दिपेन्द्रको जित हो ।
जुली, राम सरोज र दिपेन्द्रको नेतृत्व जातिय र दलिय हिसावले समेत सन्तुलित र समावेशी रहेको देखिन्छ । जित संगै यिनिहरु माथी ठुलो चुनौती पनि छ । देशकै ठुला दलहरुका प्रभावशाली व्यक्तित्वहरु महतो र यादवको नेतृत्व पनि यहाँ केहि गर्न नसके जनता पनि परिवर्तणकारी रहेको र फेरी परिवर्तण गर्ने चर्चा भइरहेको छ ।