एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ५ : सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह पुन: निर्वाचित भएका छन् । सिंह २० हजार १७ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता नागेन्द्र कुमार रायलाई पराजित गरेका हुन् ।
सिंहले नागेन्द्रलाई १ हजार ७६५ मतको अन्तरले पराजित गरेका छन् । नागेन्द्रले १८ हजार २५२ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी छन् । कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उम्मेदवार बनाएको थियो ।
सिंहलाई कांग्रेसको महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधी हुन बाटै पञ्चित गरिएको थियो । तर अन्तत: सिंहले आफुलाई संसदिय राजतिनिको बादशाह प्रमाणित गरेका छन् ।