एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ५ : महोत्तरी क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सुरिता साह निर्वाचित भएकी छन् । साहले ५ दलिय गठबन्धनका उम्मेदवार तथा कांग्रेस महोतरीका सभापती नागेश्वर यादवलाई १ हजार ७६६ मतान्तरले हराउँदै निर्वाचित भएकी हुन् ।
साहले ८ हजार ५६८ मत पाउँदा उनका प्रतिस्पर्धी यादवले ६ हजार ८०२ मत ल्याए । साहले २०७४ सालको निर्वाचनमा पनि राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभा सदस्यको उम्मेदवारी बन्दै चुनाव जितेकी थिइन् । सो चुनावमा १५ हजार ४४० मत ल्याएर उनले नेपाली काँग्रेसका राज करण साहलाई मात्र ६ हजार ४९७ मतमा सिमित राख्दै विजयी भएकी थिईन ।
उनको जितसंगै महोतरीको दुईमा प्रतिनिधी र दुई प्रदेश गरि पुन: पुरानै तिनजनाको पुर्नआगमण हुने भएको छ । अर्को प्रदेश सांसदमा लोसपाका उम्मेदवार जयनुल राइन पनि दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेका छन भने प्रतिनिधीसभा सदस्यमा लोसपाका वरिष्ठ नेता सरत सिंह भण्डारी निर्वाचित हुने पक्का भइसकेको छ ।