एसपी रिपोर्टर
जनकपुरधाम, कातिक १३ : अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजना भएको छ । लोक आस्थाको महान एवं कठोर पर्व नेपालीहरुले क्यानवेराको यारालुम्ला लेकको किनारामा भब्यताका साथ आइतबार साँझ सौझका अर्घ (सँझिया घाट) मनाएका हुन् । सोमबार बिहान भोरका घाट अर्थात पारन मनाइने छ ।
नेपालको धनुषा जिल्लाको क्षिरेश्वरनाथ, महेन्द्रनगरका लक्ष्मण महतो र प्रमिला महतोको अगुवाईमा क्यानवेरामा पहिलो पटक छठ मनाइएको हो । महतो दम्पतिका जेष्ठ सुपुत्र रितेश महतो र बुहारी सिमा सरगम अष्ट्रेलियाका स्थायी बासिन्दा हुन् । भ्रमणका क्रममा महतो दम्पति क्यानवेरामा रहेकाले त्यही नै छठ पर्व मनाएका हुन् ।
अष्ट्रेलियाको प्रमुख शहरहरु सिड्नी र मेलबर्नमा पनि स्थानिय मधेशी समाजको अगुवाईमा भब्यताका साथ छठ मनाइन्छ ।क्यानवेरामा पहिलो पटक भए पनि सिड्नी र मेलबर्नमा भने विगत एक दशक भन्दा पहिले देखि भब्य रुपमा छठ पर्वको आयोजना हुदै आएको छ ।