एसपी रिपोर्टर
जनकपुरधाम, कातिक ८ : धनुषा क्षेत्र नं. १ मा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा दर्जर्नौ व्यक्ति प्रवेश गरेका छन् । जिल्लाको धनुषाधाम नगरपालिका र मिथिला विहारी नगरपालिकाको माओवादी, जसपा र एमालेका नेता कार्यक्रताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । सो क्षेत्रमा जनमत पार्टीबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार किशोरी साह कमल र पार्टी केन्द्रिय नेतृ अनिता साहको उपस्थितीमा पार्टी प्रवेश गराइएको हो ।
नेकपा एमालेका प्रदेश सांसद र प्रदेशसभामा पार्टीका प्रमुख सचेतक समेत रहेका कमललाई एमालेले प्रदेश सांसदमा समेत टिकट नदिएपछि उनी जनमत पार्टीबाट जनताको बिचमा चुनाव लडिरहेका छन् । कमल आफु एमाले छाडेर एक विद्वान र बैज्ञानिक नेतृत्वको पार्टीमा आएकाले खुसी लागेको बताए ।
कांग्रेस, एमाले र माओवादी सहित मधेशको मसिहा भनिने केहि पार्टीले मधेशका लागि केहि नगरेको र मुख्य पार्टीका नेताहरु देश र जनता भन्दा आफनो मात्र स्वार्थमा केन्द्रित रहेकाले जनमत पार्टीको विकल्प नरहेको बताए । पार्टी नेतृ साहले जनमत पार्टीले उठाएको किसानको मुद्दामा मुख्यपार्टी मात्र होइन मधेशवादी भनिने ठग पार्टीहरु पनि चुप रहेको स्मरण गराउदै अव किसानले त्यसको हिसाव मसिंर ४ गते लिने बताइन ।
कार्यक्रममा पार्टीको धनुषा ईन्चार्ज संजय साह, सो क्षेत्रबाट प्रदेशसभा १ का उम्मेदवार ब्रहमदेव महतो र २ का उम्मेदवार सुरेन्द्र कुमार मण्डल सहितको उपस्थिती थियो ।