पुरन रौनियार
जनकपुरधाम, असोज २८ : केहि दिन अगाडि जनमत पार्टीको तर्फबाट एमालेमा रहेर पनि खुसी नरहेका मधेशमा राम्रो प्रभाव भएका नेता प्रभु साहलाई चुनावी तालमेलको प्रस्ताव गयो । मधेशमा एक मधेश केन्द्रित मजबुत शक्तिको आवश्यकता रहेकाले त्यसका लागि वातावरण बनाउन तत्काल जनमत पार्टीको चुनाव चिन्ह लिएर चुनावमा आउन साहलाई आग्रह गरियो तर साह पक्षबाट कुनै ठोस प्रतिक्रिया आएन ।
जनमत पार्टीका युवा नेता विपी साहले यस्को पुष्टी समेत गरेका छन् । हामीले प्रस्ताव गरेका थियौं उनले भने, ‘पछि सम्भव भए पार्टी बनाउँला तत्काल मधेशको विकल्पका लागि चुनावी तालमेल गरौं हाम्रो हर्न छाप लिएर चुनाव लडनोस हामीले भनेकै हो ।’ साह पक्ष एमाले भित्र चुनावका मुखमा भइरहेको द्वन्द्वमा व्यस्त रहेकाले पनि हुन सक्छ ठोस जवाफ नदिएपछि कुरा सेलाएको बताइन्छ ।
तर मनोनयनका दिन साहले स्वतन्त्र उम्मेदवारी दिएको चर्चा पछि अव डा. राउत र साह मधेशमा बैकल्पिक शक्ति निर्माण गर्न मिल्न सक्छ ? सम्भावना मुलक प्रश्न उब्जिएको छ । राजनिति सम्भावनाको खेल हो यहाँ कुनै पनि चिज असम्भव हुदैन अरे । तसर्थ तत्काल बिना दलको नेता र उम्मेदवार भएका साह र मधेशमा मजबुत उपस्थितीका लागि एक सक्षम सारथीको तलासमा रहेको डा. राउत यस विषयमा सोच्न सक्ने बताइन्छ ।
अहिले निर्वाचनको माहोल छ, डा. राउत र साह उहाँ दुवैजना उम्मेदवार रहेकाले यस बारे फुर्सद नहोला तर चुनाव पछि असम्भव भने नरहेको दुवै पार्टीको स्रोत बताउछन् । साह एक हार्डलाइनर कम्युनिष्ट हुनुहुन्छ, जनमतका एक नेताले भने, ‘साह अलिक सफट हुनु भयो र मधेशलाई केन्द्रमा राखेर छलफल गर्न तयार हुनु भयो भने त्यो पन िहुन सक्ला ।’
साह मधेशका मामिलामा निरन्तर लडदै आएका छन् । मेधशमा कडा आन्दोलन र मान्छेको ज्यान गइरहेको अवस्थामा नेपालको संविधान २०७२ जारी हुँदा साहले संविधानमा हस्ताक्षर गरेनन । उनी माओवादी पार्टीको ह्वीप उलंघन गरि संविधान वहिष्कार गर्ने पार्टीका एक्ला सांसद पनि हुन । साहलाई आजै एमालेले निष्कासन समेत गरिसकेकाले पनि साहले अव विकल्प रोज्दा जनमतलाई ध्यानमा राख्ने हो भने मधेशका लागि राम्रै हुने जानकारहरु बताउछन् ।
दुवै जना मधेशको अर्को शक्ति जसपाको कट्टर विरोधी समेत रहेकाले पनि यस्तो सम्भावनालाई नकार्न नसकिने बताइन्छ । तर साह आफनै नेतृत्वको पार्टी समेत खोल्न सक्ने चर्चा पनि चलिरहेको छ ।