पुरन रौनियार
जनकपुरधाम, असोज २४ : भनिन्छ राजनिति सम्भावनाको खेल हो । धनुषाको दुईवटा क्षेत्रका केहि उम्मेदवार पात्रहरुका कारण यो पंक्ति आज सार्थक भएको छ । सत्ताधारी गठबन्धनमा बसेर संघिय सरकारमा एक वर्ष ईन्जोय गरेको जसपा सिट भागबण्डाकै कारण सत्ता गठबन्धन लत्याएर मुद्दाको हिसावले हेर्दा एमालेसंग अप्राकृतिक गठबन्धन गर्न बाध्य भएका छन् ।
आफनो क्षेत्रमा देखिएका केहि चुनौती कम गर्न र पार्टी भित्रका अधिक भन्दा अधिक क्याडरलाई उम्मेदवार बनाउनकै लागि जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसंग बाध्यात्मक गठबन्धन गरेपछि पनि विभिन्न बाध्यताका कारण त्यो गठबन्धन पनि धनुषाको दुई महत्वपुर्ण क्षेत्रमा सार्थक हुन सकेन ।
धनुषा क्षेत्र नं. २ उमाशंकर र गंगाराम
हाल जसपाले जितेको क्षेत्र हो । जसपाबाट विजयी भएका उमाशंकर अरगरिया पार्टीको प्रमुख सचेतक बनाइए तर मन्त्री नबनाइएपछि अरगरियाको निकटता एमाले र खास गरि केपि शर्मा ओलीको सचिवालय संग भयो । जसपाका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरि जसपा फोडने निर्णायक गेम बाहिर आयो र त्यसमा जोडिए अरगरिया पनि ।
अन्तत अरगरिया जसपा फुटदा लोसपा तर्फ लागे र चुनाव लडन लोसपा छाडेर एमालेबाट उम्मेदवार बन्न एमाले प्रवेश गरे । पार्टीका लागि त्यत्रो योगदान दिएको बहालवाला सांसदलाई टिकट दिनु एमालेको बाध्यता भयो र अगरियाका लागि एमाले सो क्षेत्रमा जसपा संगको गठबन्धन खुल्ला गरेर पनि उनलाई उम्मेदवार बनाई एक्लै भिडने निधो गरयो ।
यस्तै बाध्यता जसपा संग पनि छ त्याहाँ । अरगरिया एमाले प्रवेश गरेको केहि दिनमै जसपाले एमालेका पुरानो नेता गंगाराम यादवलाई प्रवेश गराएर एमालेलाई काउन्टर दिए र गंगाराम पनि जसपाका लागि बाध्यता बन्यो र उनलाई टिकट दिनै पर्ने परिस्थितीको सृजना भयो र १४ जिल्लामा एक भएका एमाले जसपा यस क्षेत्रमा अलग अलग चुनाव लडन बाध्य भएको छ ।
क्षेत्र नं. ४, सन्तोष यादव
यस क्षेत्रमा एक मात्र पात्र हुन सन्तोष यादव जस्को कारण जसपा एमाले मिलन हुन नसकेको बताइन्छ । एमाले सचिव रघुविर महासेठ सन्तोषलाई क्षेत्रको ‘क’ प्रदेशसभाबाट टिकट दिने गरि एमालेमा भित्राए । कांग्रेसमा लामो लगानी र जिल्ला सभापतीका दाबेदार सन्तोषको एमालेमा आगमन कांग्रेसका लागि झटका जस्तै थियो । तर एमाले–जसपाको गठन्धन हुने र क्षेत्रको ‘क’ क्षेत्र जसपाले पाउने सहमती पछि सन्तोषको होस गायव भयो ।
त्यसपछिको सन्तोषको अनुहार महासेठलाई देख्न र सह्न गर्न सक्ने स्वभाविक पनि भएन । महासेठ सन्तोषका लागि लडे र जसपालाई प्रदेशमा दावी छाडन आग्रह गरे । तर जसपाबाट ज्ञानेन्द्र कुमार यादव जितेको क्षेत्र र आन्तिरक मामिला मन्त्री समेत भइसकेका ज्ञानेन्द्रलाई बाइपास गर्नु सम्भव नभएर अडानमा अडिग रहे । अन्तत : सन्तोषका कारण महासेठले यस क्षेत्रमा मित्रवत लडने निधो गरेपछि एमाले र जसपाले छुट्टाछुट्टै तिनवटै सिटमा उम्मेदवारी दिएर चुनाव लडने भएको छ ।
चुनाव लडन पार्टी बद्लेका यि तिनैजनाको राजनितिक भविष्य अगामि मसिंर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका दिन जनताको जनमतले निर्धारण गर्ने छ ।