एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिटको भागबण्डामा सहमती भइसकेको भन्दै पर्सी सम्म कुन क्षेत्र कस्को भन्ने निश्कर्ष लाग्ने बताएका छन् ।
महोतरीका विभिन्न कार्यक्रममा सहभागि हुने जाने क्रममा जनकपुरधाममा पार्टीको मधेश प्रदेश कमिटिले आयोजना गरेको नेता कार्यक्रता भेटघाट कार्यक्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले गठबन्धनमा सिट संख्याको निर्कयौल लगाएर कार्यदलले काम गरिरहेको र पर्सी सम्म कुन पार्टीको कुन क्षेत्र भन्ने विषयको पनि टुङ्गो लाग्ने बताए ।
प्रचण्डले आफुहरु सहित गठबन्धनका सबै दल चुनावी तयारीमा जुटिसकेको समेत बताए । नागरिकता विद्ययेक दोस्रो पटक समेत प्रमाणीकरण नगर्ने संविधानमा उल्लेख पनि नरहेको र राष्ट्रपतीलाई सो अधिकार समेत नरहेकाले राष्ट्रपतीले प्रमाणीकरण गर्ने यदि अव पनि नगरेको खण्डमा सो विषय उदालतमा गएर निश्कर्षमा पुग्ने अर्को बाटो रहेको उनले बताए ।

सो बैठकमा प्रचण्डले प्रतिनिधीसभा र प्रदेशसभाको अगामि निर्वाचनमा मधेश प्रदेशमा कुन क्षेत्र जित्ने निश्चित रहेको र कुनमा अलिकती मेहनत गर्दा जित्न सकिन्छ भन्ने लागेको छ भन्ने कुरा नेता कार्यक्रताहरु संग बुझेको बताइएको छ । पार्टीले जित्न सक्ने क्षेत्र, त्यसमा गठबन्धनका अन्य कुन दलको मुख्य दावी छ र सम्भावना के छ ? भन्ने विषयमा बैठक केन्द्रित रहेको नेताहरुले बताएका छन् ।