एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ : नेकपा एकिकृत समाजवादीका धनुषा जिल्ला वरिष्ठ उपाध्यक्ष सहित २५ जना जिल्ला कमिटि सदस्यहरु एकै साथ पार्टी परित्याग गर्न लागेका छन् । एसपीखवरलाई प्राप्त जानकारी अनुसार नेकपा एसका धनुषा जिल्ला वरिष्ठ उपाध्यक्ष सोम प्रसाद शर्मा सहित कम्तिमा २५ जिल्ला कमिटि सदस्य र सैयौं नगरकमिटि सदस्यहरु पार्टी सामुहिक रुपमा परित्याग गर्न लागेका हुन ।
शर्माको नेतृत्वमा बुधवार बिहान मिथिला नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि पार्टी परित्यागको घोषणा गरिदैछ । त्यसैगरि क्रमिक रुपमा बटेश्वर सहितका पालिकाहरुमा समेत पार्टी परित्यागको घोषणा हुनेछ । उनीहरु पुन: आफनै माओपार्टी एमालेमा फर्किने तयारीमा रहेको स्रोतले बतायो । चुनाव आउदा आउदै धेरै नेताहरु एमाले फर्किन बार्गेनिङ्ग गरिरहेका छन् ।
एसपी खवरको प्रश्नमा शर्माले आफुहरु पार्टी परित्याग गरिरहेको स्वीकार गरेका छन् । जुन उद्देश्यले पार्टी गठन भयो त्यस हिसावले चल्ने नदेखेर साथै अवसरका लागि मात्र पार्टी र पार्टीका नेतृत्व प्रयोग भइरहेको देखेर पार्टीमा भविष्य नुहने भएकाले परित्याग गरिएको र एमाले फर्किने विषयमा पनि सामुहिक सहमती र निर्णय पछि मात्र निश्कर्ष लाग्ने बताए ।
हेर्नोस पार्टी परित्याग

