एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ : नेपाली काँग्रेसका केन्द्रिय सदस्य नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने पार्टीको बैठकमै प्रस्ताव गरेका छन् । हालै भारत भ्रमणबाट फर्केका निधिले पार्टीको सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा सो प्रस्ताव राखेका हुन् ।
पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा तयार रहेको अवस्थामा निधीको प्रस्तावले धेरै कुरा प्रष्ट गर्दछ । कांग्रेसका पुर्व उपसभापती निधीलाई लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले २०७४ को निर्वाचनमा धनुषा ३ मा पराजित गर्न सफल भए । महतो पुन: त्यस क्षेत्रबाटै चुनाव लडने बताइरहेका छन् । तर निधी र उनका निकटका शुभेच्छुकहरु महतोलाई आफनै जिल्ला सर्लाहीमा चुनाव लडन आग्रह गरिरहेको बताइन्छ ।
सर्लाहीबाट चुनाव लडे महतोलाई सम्पुर्ण सहयोग गर्ने निधी समुहको प्रतिवद्वता छ । आफुलाई पराजित सांसदको पार्टीलाई गठबन्धनमा ल्याउन निधीले प्रस्ताव गर्नुलाई दुई किशिमले हेरिदैछ । पहिलो त महतो–निधीको भित्री सहमतीलाई संकेत गर्दछ भने दोस्रो प्रधानमन्त्री देउवा पनि लोसपालाई गठबन्धनमा ल्याउन चाहेकाले त्यसको जस निधी आफै पनि लिएर महतोलाई सर्लाही पठाएर सेफ ल्यान्डिङ्ग गर्न चाहिरहेको कांग्रेस स्रोतले बतायो ।
धनुषा ३ मा यसपालि एमालेकी जुली महतोले समेत चुनाव लडने अड्डी कसेकी छिन् त्यसकारण पनि महतो–निधी भित्री सहमती सम्भव हुन सक्ने बताइन्छ । हुनत लोसपा गबठन्धनमा गएपनि धनुषा ३ मा हाल निर्वाचित रहेकोले महतोको दावी रहने लोसपा नेताहरु बताउछन् । तर कुनै अनहोनी नभएको खण्डामा निधीको धनुषा ३ मा टिकट निश्चित जस्तै छ ।
आफु कांग्रेस सभापतीमा पराजित भएपछि निधीले सभापतीमा देउवालाई समथर्न गरेर देउवासंगको सम्बन्ध निरन्तरताको नैतिक प्रमाण दिइसकेकाले पनि सभापती देउवाले उनको टिकटमा कुनै अवरोध नगर्ने जानकारहरु बताउछन् । महतो सर्लाही गए निधीको भेट एमाले नेतृ जुली महतोसंग हुनेछ । यस अघि पनि निधी विरुद्व उम्मेदवार दिएर झिनो मतान्तरले पराजित जुलीको भेट पुन: निधी संग हुनेछ ।
एमाले अध्यक्ष ओलीले औपचारिकताका लागि हतार नर्गन तर चुनावी तयारी भने जोडसोरले गर्न जुलीलाई भनिसकेको एमाले स्रोतको दावी छ । लोसपालाई गठबन्धनमा ल्याउन गठबन्धन भित्रका दलहरू बीचमा कुरा नमिलेको कारण त्यो सफल हुन सकिरहेको छैन । हिजो मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवाले आफू लोसपालाई सरकार तथा गठबन्धनमा ल्याउन तयार रहेको तर यो विषय गठबन्धनबाट निर्णय हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यो विषयमा छलफल हुने बताइएको छ । प्रचण्ड गठबन्धन भित्र पनि उप गठबन्धन बनाउन चाहेकाले प्रधानमन्त्री देउवा लोसपालाई गठबन्धनमा ल्याउन चाहेको बताइन्छ ।