एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ : सवै पालिकामा नभएपनि स्थानिय निर्वाचनमा पाँच दलिय गठबन्धन भयो । उपमहानगर र महानगरपालिकामा भएको सो गठबन्धन धेरै ठाँउमा असफल पनि भएको छ । कुल मिलाएर गठबन्धन कांग्रेसका लागि फाइदाजनक देखिएको छ भने माओवादीलाई पनि जे भएपनि फाइदा नै भएको देखिन्छ ।
गठबन्धनबाट भने नेकपा एस र जसपालाई घाटा भएको देखिन्छ । विराटनगर महानगरपालिकामा उपप्रमुख, जनकपुरधाममा प्रमुख सहितको पद गुमाए पछि जसपा शसंकित बनेको छ । जसपा उचित भागबण्डा र विश्वसनिय आधार पाए मात्र गठबन्धनमा जाने सोचमा रहेको बताइन्छ नभए मधेशी दलहरु बिचको गठबन्धन जसपाले अर्को विकल्पको रुपमा लिएको छ ।
अगामि चुनावमा बलियो आधार र सिट तथा मन्त्रीहरु हेरफेर नगरिए नेकपा एस गठबन्धन छोडेर एमालेसंगको गठबन्धन तर्फ जाने संकेत गरेको छ । नेता बामदेव गौतमको पछिल्लो धारणा र नेकपा एसका मन्त्रीहरुको गतिविधीले एमालेसंगको मिलनलाई दर्शाइरहेको छ । बामदेवले ओली प्रधानमन्त्री छोडन तयार भएपनि प्रचण्डले नमानेको खुलासा गर्नु माधव र ओलीको गठबन्धनका लागि बामदेवले गर्न खाजेको सहजीकरणका रुपमा लिइएको छ ।
नेकपा एसले गठबन्धन र सरकार छाडे लोसपालाई सरकारमा प्रवेश गराई सरकार टिकाउने दाउ प्रधानमन्त्री शेरबहादुर देउवाको छ । त्यस अवस्थामा एकापटि पुन: लोसपा सहितको पाँच दलिय गठबन्धन हुने छ भने अर्को तर्फ एमाले, नेकपा एस र अन्य पार्टीको मिलन हुन सक्ने छ । एमालेको भने क्यिलर भिजन छ । पहिलो गठबन्धनबाट कांग्रेस अलग्याउने नभए नेकपा एस र जसपालाई सम्मानजनक सिट दिएर गठबन्धन फोडने ।
यसो हुँदा एकातर्फ कांग्रेस, माओवादी र लोसपा अर्को तर्फ एमाले, नेकपा एस र जसपा सहितको तिन/तिन दलको गठबन्धन हुने छ । तर जसपा प्रचण्ड सहितको गठबन्धनमै बस्ने जानकारहरुको दावी छ । प्रधानमन्त्री देउवा गठबन्धन बचाउने पक्षमा छ भने अगामि निर्वाचनमा कांग्रेसको चतुराय चल्न नदिने पक्षमा छन माधव कुमार नेपाल र झलनाथ खनाल । नेकपा एस सम्मानजनक सिट पाए गठबन्धन नभए एमालेसंगको मिलनको पक्षमा उभिने छ ।
एता डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि गठबन्धन गर्ने भनेकाले सम्भवत: एमाले नेतृत्वको गठबन्धनमा उनी जान सक्ने सम्भावना देखिन्छ । एमाले संग राप्रपा नेपाल पनि जान सक्ने बताइन्छ । राप्रपा भने वैकल्पिक विचारका साथ एकल चुनाव लडने मनस्थितीमा रहेको देखिन्छ ।