संजिव साह
जनकपुरधाम, जेठ २६ : शैक्षिक सत्र सुरु भएको करिव एक महिना हुन लाग्यो तर मधेश प्रदेशका सामुदायिक विद्यालय कक्षा छ र आठका विद्यार्थीले पाठयपुस्तक पाउन सकेका छैनन भने अन्य कक्षाका करिव ४० प्रतिशत विद्यार्थीहरुसंग अझै पाठयपुस्तक छैन । पाठयपुस्तक नहुँदा कक्षा १० सम्मका छात्रछात्राहरु कपि र कमलकै भरमा पठनपाठन गर्न बाध्य भएका छन् ।
पढाई सुरु भएको २० दिन भन्दा बढि हुन लाग्दा समेत जनकपुरधामको संकटमोचन माविकी छात्रा अनु कुमारी ठाकुर संग पाठयपुस्तक छैन । शिक्षकले दैनिक गृहकार्य दिनु हुन्छ तर हामी कपि, कमल र केहि पुरानो कितावको साहारा पढीरहेका छौं अनु बताउछिन् ।
यस्तै समस्या सोहि विद्यालयकी कक्षा १० की छात्रा रोशनी सिंह र रिना कुमारी साहको पनि छ । एक महिना देखि पढाई सुरु भएको भएपनि किताव नहुँदा धेरै समस्या भइरहेको उनीहरुको दुखेसो छ । एक त मधेशमा त्यसैपनि छोरीचेलीहरु कम स्कुल जाने गर्छिन । नामांकन भएपनि मधेशमा विद्यालयमा छोरीहरुको दैनिक उपस्थिती पातलो हुने गरको छ त्यसमाथी कितावको समयमा सहज आपुर्ती हुन नसक्दा विद्यार्थीहरुलाई समस्या हुने गरेको छ ।
किताव उपलब्ध हुन नसक्दा पठन पाठनमा मात्र नभई विद्यालयको व्यवस्थापमा समेत असर पर्ने गरेको विद्यालयका प्रअको भनाई छ । एता पाठयपुस्तक आपुर्ती गर्ने जनक शिक्षा समाग्री केन्द्र मधेश प्रदेश कार्यालय जनकपुरधामका प्रमुख इन्द्र प्रसाद खनालले कागजको अभाव र स्थानिय निर्वाचनका कारण समेत छपाईमा डेढ महिना ढिलाई भएकाले समस्या भएको बताउछन् ।
कक्षा छ र ८ को विद्यार्थी त कसैले पनि पुस्तक पाउन सकेका छैन । प्रमुख खनालले कक्षा छ र ८ को किताव आउन अझै केहि समय लाग्ने बताउछन् । कक्षा चार देखि १० सम्मका अन्य कक्षाका विद्यार्थीहरुलाई भने एक सप्ताहमै किताव आपुर्ती हुने प्रमुख खनाल बताउछन् । अभाव र बाध्यतावस सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरु किताव समेत समयमा पाउन नसक्दा उनीहरुको पढाई प्रतिको रुची र उत्साह घटने जोखिम पनि छ ।