एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १८ : मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवे नितिगत रुपमा समान्ताका साथ अगाडि बढन नसक्दा संघ र प्रदेश सरकार असफल भइरहेको बताएका छन् ।
बिश्व दुग्ध दिवस २०७९ को अवसरमा मन्त्रालय तथा ग्रामिण उद्यम तथा आर्थिक विकास करिडोर कार्यालयको संयुक्त आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नितिगत रुपमा अगाडि बढन नसकेकाले तिन तहको सरकार पाँउदा समेत जहाँको त्यही रहेको बताएका छन् ।
कर्मचारीको अभाव र दरबन्दीको कमी सहितका विभिन्न समस्याका कारण काम गर्न नसकेको भएपनि सम्पुर्ण दोष प्रदेश सरकारलाई देखाएर आफु जोगिने काम संघिय सरकारले गरेको बताएका छन् ।
मन्त्री यादवले निति तथा कार्यक्रमहरुमा अनेकन राम्रा शिर्षकहरु थेउरीको रुपमा राखिने गरिएको र प्रयोगात्मक रुपमा कार्यान्वयन हुन नसक्दा आफुहरु बदनाम भइरहेको बताए । कार्यक्रममा दुग्ध व्यवसायमा उत्कृष्ट काम गरिरहेका प्रदेशका बाराका किसान टिकाराम न्यौपाने, सर्लाहीका किसान अप्सारा शिलवाल र सिरहाकी किसान बबिता कुमारी साहलाई सम्मान गरिएको छ । कार्यक्रममा मन्त्रालयकी सचिव डा. नम्रता सिंह सहितको उपस्थिती थियो ।