एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ : धनुषा जिल्लाको १८ स्थानिय तह मध्ये जनकपुरधाम उपमहानगरपालिका जिल्लाको सदरमुकाम मात्र होइन मधेशकै राजधानी पनि हो । जनकपुरधाम मात्र होइन देशकै राजधानी काठमाण्डौंका साथै मुख्य शहरहरु धनगढी, बर्दिवास, धरान सहितकामा स्वतन्त्र उम्मेदवारहरु अगाडि रहेको देखिन्छ । यद्यपि स्वतन्त्र उम्मेदवार भनिएपनि उनीहरु विभिन्न राजनितिक दलमा आवद्व भई राजनिति गर्दै आएका उम्मेदवारहरु हुन ।
चुनावको पुर्व सन्ध्यामा आवद्व पार्टीले टिकट नदिने देखेपछि स्वतन्त्र बनेका उनीहरु भित्रभित्रै आफना पुर्व संगठन र नेता कार्यक्रताको साहारामा सम्बन्धित पालिकाहरुमा अग्रता बनाइरहेका छन् । जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारहरुकै चर्चा व्यापक चल्यो । तर वास्तिवक स्वतन्त्र उम्मेदवारलाई भने जनकपुरधाममा चुनौती देखिएको छ ।
कांग्रेस जनकपुरधामका पुर्व सभापती तथा गठबन्धनका बागी उम्मेदवार मनोज कुमार साह सुडीले बनाई रहेको अग्रतामा एकआध बाहेक सम्पुर्ण कांग्रेसीहरुको साथ रहेको चर्चा भइरहेको छ । वडा तर्फ करिव सवै वडामा कांग्रेस वा नभए स्वतन्त्रका रुपमा उम्मेदवार रहेका कांग्रेसी उम्मेदवारहरुको सहयोगमा मनोज अग्रता बनाएको बुद्विजिवीहरुको बुझाई छ ।
अर्का स्वतन्त्र भनिएका जानकीराम साह लोसपाबाट टिकट लिनकै लागि एमाले प्रवेश गरेको तर त्यहाँ पनि सम्भव नभएपछि बाध्य भएर स्वतन्त्र उम्मेदवार बनेका हुन । उनी छैठो स्थानको मत ल्याएर अगाडि बढि रहेका छन् ।
नतिजा अगाडि र पछि पनि चर्चामा रहेका बलराम महतो
२५ मध्ये १३ वटा वडाहरुको नतिजा आइसक्दा चौथो स्थानमा रहेका वास्तिवक स्वतन्त्र उम्मेदवार हुन बलराम महतो । बिना संगठन, नेता कार्यक्रता तथा चुनाव हाक्ने धुरन्धरहरुका बाबजुद पनि उम्मेदवारी दिएका उनी मतदान अगाडि सवै उम्मेदवारहरुको कमन प्रतिस्पर्धीका रुपमा चर्चामा रहे । उनको उम्मेदवारी राजनितिक दलका उम्मेदवार र नेताका लागि मात्र होइन जनताका लागि पनि नौलो थियो ।
हरेक वडाको घर घरमा चर्चा कमाएका उनलाई एतिवेला संगठन र नेता कार्यक्रताको अभाव महसुश खटकिरहेको छ । चुनावी प्रचार प्रसारका क्रममा सवै दल र स्वतन्त्र भनिएका उम्मेदवारहरुको एक मात्र प्रतिस्पर्धी रहेका उनलाई पछि पार्न दिगज्ज नेता देखि उम्मेदवारहरु विभिन्न घटनाहरुलाई प्रायोजित गरि बाहिर ल्याए । देवपुरा रुपैठा नजिकको सडकमा महतोको छोरा सवार गाडीलाई भारतिय गाडीले ठक्कर दिएको घटनालाई पिडारीचौकमा भएको देखाएर गलत भ्रम पस्किने काम सम्म भएको देखिन्छ । चुनाव भन्दा हप्तौ अगाडि गाडीमा भएको क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने कानुनी र समाजिक प्रक्रिया निश्कर्ष लागि सकेको सो घटनालाई अतिरञ्जित गरिएको छ । घटनाका विषयमा प्रत्यक्षदर्शी, समाज, प्रहरी र अधिवक्ता युगल किशोर निधी समेत जानकार छन तर घटनालाई गलत रुपमा प्रचार गर्दा समेत प्रहरी, निधी सहितका साक्षीहरु सवै मौन बस्नुमा समेत राजनिति नै रहेको बलराम महतो जिताउ अभियानको तर्क छ ।
उनले भने, ‘हामीलाई क्षतीपुर्ती नलिनोस घटना मिल्छ भन्ने प्रस्तावहरु पनि आयो तर मैले चुनाव होस कि धार्मिक मेला गलत गर्नेलाई छुट नहुने प्रतिक्रिया दिए ।’ उनलाई ठुला दलका शिर्षनेताहरु देखि उम्मेदवारहरुले नक्कली उम्मेदवार देखि बहरिया उम्मेदवार सम्मको आरोप लगाए जवकि उनी जउनपा ९ र हाल १४ निवासी हुन । उनले कुनै सम्झौता गरेर चुनाव जित्न आफु नआएको बताउछन् ।
धरहरा र रेल्वे उस्ले आफनो पैसाले बनाएको हो र ? प्रश्न तेरसाइयो तर नेपालमा एउटा मधेशीको छोराले त्यत्रो गौरवको आयोजना पाउने र सफलता पुर्वक बनाउने सफलता कसरी पाए भन्ने
तर्क दर्शाइएन । पशुपतीनाथ क्षेत्रको धर्मशाला समय भन्दा पहिला बनाएर भारतिय प्रधानमन्त्रीबाट पुरस्कृत कसरी भए त्यो केहि बाहेक
कसैले हेरेन, उनले भने ।
स्वतन्त्र छविका महतो चुनाव जिते नेताहरुको केहि नचल्ने र राजनिति गर्न अप्ठेरो हुने भान भएपछि सफल निर्माण व्यवसायी महतो जनकपुरधामको राजनितिक निशानामा परे । करिव सवै विपक्षी उम्मेदवारहरु आफुसंगै घुम्ने व्यक्तिहरु परिचालन गरि उनी विरुद्व समाजिक सञ्जाल र वडाहरुमा भ्रम छर्ने काम गरे तर महतो संगठन र नेता कार्यक्रताको अभावमा ति भ्रम चाहेर पनि चिर्न सकेन ।
राजनितीमा माहिर कांग्रेसका विमलेन्द्र निधी र एमालेका रघुविर महासेठकै गृहनगर समेत रहेकाले जनकपुरधाममा महतोका लागि सजिलो भने थिएन यद्यपि उनले जनकपुरधाम विकासका लागि साहस भने गरेका हुन । पैसा र पावर भन्दा पनि मिसनका साथ उम्मेदवार भएका उनको मिसन राजनितिक धुरन्धर समक्ष तत्काल दबेको जस्तै भएको संकेत मतपरिणामले देखाएको छ । बलराम र उनको छाप आमको यो अवस्था कसरी आयो ? भन्ने विषय पनि अहिले घर घरको चर्चाको विषय बन्नुले समेत बलरामको सफलता दर्शाइरहेको छ ।
महतो भन्छन, ‘म पहिला पनि भनेको थिए म नेता होइन, भाषण गर्न र राजनिति गर्न आएको होइन, विकास र काम गर्न आएको हुँ, दाउपेच नभएकाले सायद म सकिन कि ? ।’ आफु जानकी मातालाई साक्षी राखेर बिना दाउपेच र निस्वार्थ पुर्वक चुनाव लडदा समेत अध्याधिक चलखेल र विरोधको सामना गर्नु परेको बताउदै उनले जनकपुरधाममा चरण राजनितिक घोचपेच रहेकाले तत्कालै परिवर्तणको सम्भावना न्युन रहेको भएपनि देशको राजधानी काठमाण्डौै सहितका शहरहरुमा परिवर्तण भइरहेकाले जनकपुरधाममा पनि विस्तारै सम्भव हुने उनको तर्क छ ।
मैले पाएका मतहरु ह्ृदय देखिनै परिवर्तण र विकासका पक्षधरहरुको मत हो उनले भने, ‘आज होइन भोली जनकपुरधामलाई पनि काठमाण्डौं जस्तै परिवर्तण आत्मसाथ गर्ने पर्छ ।’ जनताको करिवी सरकार स्थानिय तहको निर्वाचनमा हुने व्यापक चलखेल र दाउपेचकै कारण जनकपुरधामको अवस्था यस्तो रहेको उनको तर्क छ । डर धाक धम्की, सुरक्षा र विभिन्न भ्रामक चलखेलहरुका कारण चुनाव प्रभावित हुने गरेकाले समेत जनता र समाजको हित हुन नसकेको उनको जिकिर छ । उनले अव आफुपनि राजनितिमा अडिग रहने र जनकपुरधाम र धनुषाको विकासका लागि जनताको आवयश्कता अनुसार राजनितिमा सक्रिय हुने बताए ।
उनले भने ‘म केहि पनि गुमाउन नआएकाले मेरो हार हुनै सक्दैन, नतिजा जे भएपनि म स्वीकार गर्छु र जस्को नेतृत्वमा भएपनि जनकपुरधाम र यहाँको जनताको हित र कल्याण होस भन्ने मेरो जानकी मातासंग प्रार्थना हो ।’