एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ : लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले गठबन्धनबाट बनेको सरकार अझेलमा परेको बताएका छन् । उनी निवार्चित धनुषा निर्वाचन क्षेत्र नं. ३ को विभिन्न कार्यक्रममा सहभागिताका लागि जनकपुरधाम आएका नेता महतोले गठबन्धननै पुर्णता पाउन नसकिरहेको बेला आफुहरु सरकारको बारेमा सोच्नु पर्ने कारणनै नरहेको बताएका छन् ।
सरकारको गुण र दोष तथा मधेशको मांग मुद्दाको आधारमा लोसपाले बाहिरबाटनै समर्थन गरेकाले आफुहरु सरकारमा जाने कि नजाने भन्ने विषयको तत्काल कुनै औचित्य नरहेको उनको जिकिर छ । एमसीसी संसदमा प्रवेश नगरेर औपचारिक विषयनै बन्न नसकेकाले एमसीसीको बारेमा बोल्नुको तुक नरहेको उनले बताए ।
अढाई महिना हुन लाग्दा समेत मन्त्री परिषदको विस्तार हुन नसक्नु गठबन्धनको कमजोरी र असन्तुलन रहेको उनको भनाई छ ।