एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : नेकपा एकिकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा व्यक्तिबाद, सम्पर्णबाद तथा दक्षिणपन्थी बिसर्जनबाद सहितको प्रवृति हावी भएपछि बिद्रोह गर्न परेको बताएकी छन् । जनकपुरधाममा आइतवार पार्टीले आयोजना गर्न लागेको कार्यक्रम सहितको विषयमा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले एमालेको नेतृत्वबाट अप्रत्यासीत रुपमा गद्दारी भएकाले बिद्रोह गर्न बाध्य भएको बताइन ।
नेतृ झाँक्रीले अनुभवी नेता माधव कुमार नेपालको नेतृत्वमा अगाडि बढेको समाजवादको यस यात्रामा आकर्षण बढेको र बैकल्पिक शक्तिको रुपमा अगाडि आउने बताइन । एमाले अध्यक्ष ओलीले चोइटिएको, केहि पहेला पात मात्र झरेको बताएपनि समाजवादको यात्राले सवैलाई जवाफ दिने दावी गरेकी छन् ।
तत्काल केहि नभएको देखिएपनि एकिकृत समाजवादीको यस यात्राले सार्थक रुप लिएपछि सवैको सातो जाने उनले बताइन । अहिले अवसरवादको विरुद्व अहिले विद्रोहको सानो सानो झिल्को सलाई मात्र कोरिएको बताउदै यस्ले डढेलोको रुप लिएपछि ठुलो रुख भनिएको एमाले चुरलुम्म ढल्ने उनको चेतावनी थियो । कार्यक्रममा नेताहरु सत्रुधन महतो, श्री प्रसाद साह तथा प्रेस संगठनका शितल साह, प्रविण साह, रुपेश सिंह सहितका नेताहरुको सहभागिता थियो ।