एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : जनता समाजवादी पार्टी (जसपा)का ११ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल र पुर्वमन्त्री संघिय मन्त्री एवं लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् ।
सोनलले भने आज सनाखत नगराउने बताइएको छ । सनाखत गराउने समय भदौ २२ गतेसम्म भएकाले केही सांसदको पछि सनाखत हुने सोनलले बताए । अहिलेसम्म लोसपा रोजेका सांसदहरुमा प्रमेश्वर साह, सुरिता साह, बबिता कुमारी, निलम देवी भूमिहारिन, अल्का झा, गौरी नारायण साह, जानकी शरण साह, जैलुन राइन, रमेश प्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् ।
तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । पछि जसपा भएपछि ५४ र एक स्वतन्त्र जसपामा लागेपछि ५५ सांसद सहित जसपाको सरकार थियो ।