एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ : डा.सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममै सञ्चालनमा आएको छ । २०७५ साल भदौ १५ गते जनमत पार्टीको कार्यक्रता राममनोहर यादवको प्रहरी हिरासतमै मत्यु भएपछि पार्टीको तर्फबाट पहिलो सहादत र शहिद यादवको स्मृती दिवसकै अवसरमा आज जनकपुरधाममा पार्टीको केन्द्रिय सचिवालयको समुदघाटन गरिएको छ ।
केन्द्रिय सचिवालयको समुदघाटन गर्दै डा.राउतले शहिद राममनोहर यादवको सहादतको उद्देश्य र उनले देखेका सपना प्राप्तीका लागि पार्टी कुनै कसर बाँकी नछाडने बताए । सो अवसरमा उपस्थितहरुले शहिद राममनोहर यादव प्रति मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए ।