एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ : जनकपुरधामको जानकी मन्दिर दक्षिण छेउका व्यापारीसंग थर्काएर लाखौ असुली गरिएको छ । जनकपुरधामको जनकचौकमा रक्सी पसल थालेका आफुलाई ठेकेदारको मान्छे बताउने दिपक यादवले जानकी मन्दिर दक्षिण तर्फ राखी, फलफुल सहितका सरसमान बेचिरहेका स्टल व्यापारीहरुसंग प्रति स्टल पाँच हजारको दरले असुल उपर गरेका छन् ।
ग्राहकको भिडभाड रहेको बेला गुण्डाशैलीमा आएर पाँच हजार दिनै पर्ने नभए पसल तुरन्त बन्द गर्न भनेपनि हुनेहरुले पैसा दिएको बताइएको छ । करिव २२ जना व्यापारीसंग दिपकले गुण्डाशैलीमा पैसा असुलेर गएको पसले तथा प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
व्यापारीहरुबाट चर्को पैसा असुले पछि उनीहरु आक्रोसित भएको देखिन्छ । उनीहरुले आफुहरु मेयर उपमेयरलाई सम्पर्क गर्दा आज रक्षा बन्धनको बिदा रहेको भन्दै कुरालाई टारेको बताउछन् । पैसा लिएर बिल नै नदिई दिपक टाप कसेको उनीहरुको भनाई छ । यद्यपि दिपकले भने पाँच हजार दिएको प्रमाण देखाउन व्यापारीहरुलाई चुनौती दिएका छन ।